Logo

अफसोर लगानीले पाकिस्तानी प्रधानमन्त्री शरिफको पद गुम्यो, अदालतद्वारा अयोग्य घोषणा

अफसोर लगानीले पाकिस्तानी प्रधानमन्त्री शरिफको पद गुम्यो, अदालतद्वारा अयोग्य घोषणा


बिजखबर संवाददाता
0
Shares

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफलाई सर्वोच्च अदालतले शुक्रबार अयोग्य घोषित गरेको छ । पाकिस्तानी सर्वोच्च अदातले उनी माथी लागेको भ्रष्टाचार आरोपको विषयमा फैसला गर्दै सार्वजनिक पद धारण गर्न असक्षम घोषणा गरेको हो ।

सन् २०१५ मा खोज पत्रकारहरुको समुहले सार्वजनिक गरेको पानामा पेपर्समा उल्लेख भएअनुसार प्रधानमन्त्री शरिफका परिवारका सदस्यको अफसोर कम्पनीमा भएको लगानी बाहिर आएको थियो । अदालतको सोही विषयमा सुनावाइ गर्दै उनलाई अयोग्य घोषणा गरेको हो ।

समाचार एजेन्सीका अनुसार शुक्रबार सर्वोच्च अदालतको पाँच जना न्यायाधीशहरुको इजलासले उनलाई भ्रष्टाचारको आरोपमा दोषी ठहर गरेको हो । सो इजलासमा सर्वोच्च अदालतका न्यायाधीश एजाज हसन, एजाज अफजल, सईद शेख, आसिफ सईद खोसा र गुलजार अहमद रहेका थिए ।

उक्त भ्रष्टाचार काण्डमा शरिफकी छोरी मर्यम, ज्वाई सफ्दर, अर्थमन्त्री इक्कदर र अरु पनि व्यक्तिहरु मुछिएका छन् ।

विपक्षी दल पाकिस्तान तहरीक ए इन्साफका अध्यक्ष इमराज खानले पनामा पेपर लिक्स प्रकरणमा नवाज शरिफविरुद्ध अदालतमा मुद्दा दायर गरेका थिए । उनले हालै सर्वोच्च अदालतमा यस मुद्दाको छिटो फैसला सुनाउनुपर्ने माग गर्दै अपिल समेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL