Logo

२ हप्तामै साढे १२ अर्ब लगानीको प्रस्ताव, २० ओटा उद्योग दर्ता

२ हप्तामै साढे १२ अर्ब लगानीको प्रस्ताव, २० ओटा उद्योग दर्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक बर्ष शुरु भएको दुई साता पनि नवित्दै उद्योग विभागमा २० ओटा उद्योग दर्ता भएका छन् । विभागमा साउन १ गतेदेखि ११ गतेसम्म १२ अर्ब ७७ करोड रुपैयाँ लगानीको प्रस्ताव सहितको २० ओटा उद्योग  दर्ता भएका हुन् ।
साउन ११ गतेसम्म दर्ता भएकामध्ये सिप्रभ्य होटलमा सबैभन्दा बढी ५ अर्ब ४१ करोड रुपैयाँ लगानीको प्रस्ताव छ । त्यस्तै दोश्रोमा पिके हाइड्रोपावर प्रालीमा बढी लगानी छ ।
सो आयोजनामा ५ अर्ब १९ करोड रुपैयाँ बराबरको लगानीको प्रस्ताव रहेको उद्योग विभागका अनुमती शाखा अधिकृत रामप्रसाद लुइँटेलले जानकारी दिए ।
सो अबधिमा दर्ता भएकामध्ये सबैभन्दा बढी उद्योग सेवामुलक र पर्यटन उद्योग छन् । साउनमा ७ ओटा सेवामुलक  र ७ ओटा पर्यटनमुलक उद्योग दर्ता भएका छन् । त्यस्तै अन्यमा उर्जामुलक र उत्पादनमुलक उद्योग छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL