Logo

६ लाख तलबसहित सरकारी पाइलट हुने रहर छ ?, निगमले माग्यो २० जना पाइलट

६ लाख तलबसहित सरकारी पाइलट हुने रहर छ ?, निगमले माग्यो २० जना पाइलट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले वरिष्ठ पाइलट, वरिष्ठ प्रशिक्षकदेखि वरिष्ठ को पाइलटसम्म विभिन्न पदमा रोजगारीको अवसर खुलाएको छ । निगमले बिहिबार सार्वजनिक सुचना प्रकाशित गर्दै उडानका लागि आवश्यक २० जना पाइलट माग गरेको हो ।

निगमले वरिष्ठ पाइटल र वरिष्ठ प्रशिक्षक पाइलट पदमा चार जनाबाट आवेदन माग गरेको छ । नौ तहको उक्त करार पदका लागि नागरिक उड्ययन प्राधिकरणबाट प्रशिक्षकको प्रमाणपत्र पाएको हुनुपर्ने र ३५ सय घण्टासम्मको उडान अनुभव हुनुपर्ने योग्यता निगमले तोकेको छ । त्यस्तै आठ तहको फ्लीट क्याप्टेन पदमा चार जना पाइलट निगमले माग गरेको छ । करार सेवाको यो पदका लागि सिङल तथा मल्टि इन्जिनका जहाज १५ सय घण्टा उडान गरेको अनुभव हुनुपर्नेछ ।

निगमले पाँच सय घण्टा उडान अनुभव सहितको चार जना जुनियर क्याप्टेन र सातौं तहमा पाँच सय घण्टा नै उडान अनुभव भएको आठ जना सिनियर कोपाइलट माग गरेको छ । निगमका अनुसार ईच्छुकले अबको पन्ध्र दिनभि दिनभित्र आवेदन फारम निगममा बुझाउनु पर्नेछ ।

पाइलट अभावका कारण उडानमै समस्या भोग्दै आएको निगमले ठूलो सङ्ख्यामा पाइलट माग गरेको हो । उडान विस्तार र जहाज थपको समेत प्रक्रियामा रहेका कारण निगमलाई पाइलट आवश्यक रहेको ठहर व्यवस्थापनले गरेको थियो । निगमले हालै मात्र पाइलटहरुको तलबमा वृद्धि गर्दै औषत ६ लाख रुपैयाँ पु¥याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL