Logo

अब अनलाइनबाटै मोबाइलको आईएमईआई दर्ता, अवैध मोबाइल ‘ब्लक’ गरिने

अब अनलाइनबाटै मोबाइलको आईएमईआई दर्ता, अवैध मोबाइल ‘ब्लक’ गरिने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । मोबाइलको विशेष पहिचान सहितको इण्टरनेशनल मोबाइल इक्वीपमेण्ट आइडेण्टीटी(आईएमईआई) अनलाइनबाट दर्ता गर्न सकिने तयारी सुरु गरिएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइनबाटै आईएमईआई नम्बर दर्ताको प्रक्रिया थालेको प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए । ‘अनलाइन दर्ताका लागि अध्ययन भइरहेको छ’ उनले भने ‘सफ्टवेर निर्माण हुनासाथ काम अनलाइन दर्ता सुरु हुन्छ’ ।

प्राधिकरणमै पुगेर आईएमईआई दर्ता गर्दै आएका मोबाइल आयातकर्ताका लागि यो सुविधा लाभदायी हुने प्राधिकरणले जनाएको छ । यो व्यवस्था लागुभएपछि आयातकर्तालाई मोबाइल दर्ता गर्न प्राधिकरण आउनुपर्ने बाध्यता हट्ने अर्यालले बताए ।

त्यस्तै प्राधिकरणले अवैध रुपमा बजारमा भित्रने मोबाइल सेटलाई निरुत्साहित गर्ने उद्देश्यसहित पूर्णकालिन ‘राष्ट्रिय उपकरण पहिचान दर्ता’ (एनईआईआर)को कानुनी संरचना तयार गर्न लागेको पनि उनले जानकारी दिए । एनईआईआरको अन्तरिम कार्यविधीले आधिकारीक आईएमईआई नम्बर नभएका मोबाइल ब्लक गराउने निर्णय गरेको हो ।

अर्यालका अनुसार ईआईआरलाई पूर्ण रुपमा लागु गराउन अन्तरराष्ट्रिय परामर्शदाताका रुपमा बेलायतको लाउरेसिया एशोसिएट्स छनोट भइसकेको छ । कम्पनीले मस्यौदा प्रतिवेदन समेत बुझाइसकेको छ ।

निर्देशिका कार्यान्वयनमा आएपछि मोबाइलको तस्करी, कालोबजारी रोक्ने र हराएका मोबाइलको ट्रयाकिङ तथा व्लकिङ गर्ने प्रक्रिया अघि बढ्नेछ । त्यस्तै आईएमईआर्ई नम्वरमार्फत मोवाइल सेवा प्रदायकले हराएका या चोरी भएका मोवाइल ट्रयाक गर्न सक्नेछन् । जसले गर्दा अपराधिक क्रियाकलाप पनि कम भई अवैध व्यापार नियन्त्रण गर्छ ।

प्राधिकरणमा हालसम्म करिव १ करोड १६ लाख आईएमईआई नम्वर दर्ता भएका छन् । प्राधिकरणले गत बैशाखदेखि मोवाइलको आईएमईआई नम्वर दर्ता अनिवार्य गरेसँगै करिव ६५ लाख मोबाइलको आईएमईआई नम्वर दर्ता भएको प्रवक्ता अर्यालले जानकारी दिए । आइफोनबाहेक नेपाल भित्रने अन्य मोबाइल सेटमा २ ओटा आईएमईआई नम्वर हुन्छ ।

प्राधिकरणले अघिल्लो २०७३ वैशाख १ गतेदेखि अनिवार्य रुपमा मोबाइलको आईएमईआइ दर्ता गर्नुपर्ने नियम लागू गरेको थियो । विशेषगरी चोरीको फोन हटाएर मोबाइलको प्रयोग र बिक्री वितरणलाई थप व्यवस्थित तथा नियमित बनाउने उद्देश्यका साथ प्राधिकरणले आईएमइआई दर्ता अनिवार्य गरेको हो ।

विशेषगरी अबैध रुपमा भित्रिएका तथा विदेशबाट उपहार स्वरुप आएका अधिकांश मोवाइलमा आईएमइआई नम्बर नहुने भएकोले त्यस्ता मोवाइल प्रयोगकर्ताले समयमै विचार पुर्याउन अर्यालले सुझाव छ । प्राधिकरणले नेपाल भित्रने हरेक फोनको आईएमईआइ दर्ता नगरेमा त्यस्ता मोवाइल सेट नै ब्लक गर्ने चेतावनी दिएको छ ।

एनआइईआर निर्देशिकाले मोवाइलको तस्करी, कालोबजारी रोक्ने र हराएका मोवाइलको ट्रयाकिङ तथा व्लकिङ गर्ने छ । त्यस्तै आईएएमईआर्ई नम्वरमार्फत मोवाइल सेवा प्रदायकले हराएका या चोरी भएका मोवाइल ट्रयाक गर्न सक्नेछन् । जसले गर्दा अपराधिक क्रियाकलाप पनि कम भई अवैध व्यापार नियन्त्रण गर्नुका साथै देशको राजस्व समेत बृद्धि गर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL