Logo

कानुनी जटिलतामा नेपाली सिमेन्ट उद्योग, नारामै सिमित आत्मनिर्भरता, दोब्बरले बढ्यो आयात

कानुनी जटिलतामा नेपाली सिमेन्ट उद्योग, नारामै सिमित आत्मनिर्भरता, दोब्बरले बढ्यो आयात


रामराजा श्रेष्ठ
0
Shares

काठमाडौं । नेपाली उद्योगीहरुले नेपाल सिमेन्टमा आत्मनिर्भरतातर्फ उन्मुख भएको बताएपनि त्यसको तुलनामा आयात उच्च रुपमा बढको छ । आर्थिक बर्ष २०७३/७४ को ११ महिनामा सिमेन्ट आयात १ सय १६ प्रतिशतले बढेको नेपाल राष्ट्र बैंकको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क अनुसार आर्थिक बर्ष २०७२/७३ को ११ महिनामा सिमेन्ट आयात सामान्य घट्दै कुल ९ अर्ब २६ करोड ३३ लाख रुपैयाँको भित्रिएको थियो । तर, आर्थिक बर्ष २०७३/७४ को ११ महिनामा आइपुग्दा भारतबाट आयात हुने सिमेन्ट १ सय १६ प्रतिशतले बढेर २० अर्ब रुपैयाँभन्दा बढीको भित्रिएको छ ।

केही बर्ष यता सिमेन्ट आयातमा सामान्य गिरावट आएपनि आर्थिक बर्ष २०७३/७४ मा उच्च रुपमा बढेको हो । आर्थिब बर्ष २०७१/७२ मा कुल ९ अर्ब ३८ करोड रुपैयाँको आयात भएकोमा आब २०७२/७३ मा घटेर ९ अर्ब २६ करोडमो मात्र आयात भएको थियो ।

सरकारले नेपाली उद्योगबाट उत्पादित र सिमेन्ट आयातित सिमेन्टमा छुट्छुटट्टै नियम लगाउँद नेपालमा सिमेन्ट आयात हुने क्रम बढेको इन्र्टन कसमस सिमेन्टका कार्यकारी निर्देशक प्रवलजंग पाण्डे बताउँछन् । ‘विदेशी दातृ निकाय तथा सरकार नेतृत्व आयोजनामा भारतबाट सिमेन्ट ल्याउँदा नेपालमा निर्माणाधिन आयोजनाकै नाममा बिल काटेर कर छुट लिन पाउँछन्,’ उनले भने, ‘तर, नेपाली उद्योगबाट सिमेन्ट खरिदगर्दा त्यस्तो छुट दिँदैन ।’ त्यस्ता आयोजनाले छुटका नाममा भारतबाट सिमेन्ट खरिद गर्ने गरेकाले आयात उच्च रुपमा बढेको उनको तर्क छ । साथै पछिल्लो समय दातृनिकाय र सरकारबाट संचालित आयोजना बन्ने क्रम बढेकाले पनि सिमेन्ट आयात बढेको हुनसक्ने उनको भनाइ छ ।

यसैगरी सिवम् सिमेन्ट प्रालिका अध्यक्ष सुरेन्द्र गोयल पनि पछिल्लो समय नेपालमा सिमेन्टको माग उच्च बढेको र दुई पक्षीय आयोजनामा आयातित सिमेन्ट मात्र प्रयोग गर्ने भएकाले आयात बढेको बताउँछन् । ‘केही समय अघिसम्मको बढ्दो लोडसेडिङ्का कारण नेपाली उद्योगहरुले क्षमता अनुरुप सिमेन्ट उत्पादन गर्न सकेका थिएनन् भने विदेशी दातृनिकायको संलग्नतामा आयोजनामा आयातित सिमेन्ट मात्र प्रयोग हुँदै आएको छ,’ उनले भने, ‘त्यस्ता आयोजनामा सिमेन्टको माग बढी हुँदा आयात बढेको हो ।’ साथै दातृनिकायबाट संचालित आयोजनाले सिमेन्ट आयात गर्दा भन्सार छुट पाउने हुँदा नेपाली उद्योगबाट उत्पादित सिमेन्टभन्दा सस्तो पर्न जान्छ । जसले गर्दा उनीहरुले नेपाली उद्योगबाट उत्पादित सिमेन्टभन्दा आयातित सिमेन्ट प्रयोग गर्दै आएका उनले गोयलले जानकारी दिए ।

तर, अर्थ मन्त्रालय राजस्व माहाशाखा प्रमुख विष्णु नेपाल भने दातृ निकायबाट संचालित आयोजनाले नेपाली उद्योगबाट खरिद गर्दा तथा विदेशबाट आयात गर्दा कर छुट पाउने बताउँछन् । ‘हामीले नेपाली उद्योगबाट खरिद गर्दा कर छुट नपाउने तर आयात गर्दा मात्र छुट पाउने भनेका छैनौं,’ उनले भने, ‘दातृनिकायबाट संचालिन आयोजनाले जहाँबाट सिमेन्ट खरिद गर्न पनि सक्छन् ।’ तर, त्यस्ता आयोजनालाई नेपाली उद्योगले सिमेन्ट बेच्न सक्नुपर्यो ।

विशेष गरी नेपाल सरकारबाट स्वीकृति प्राप्त दुई पक्षीय आयोजनाहरुले सामान आयातगर्दा भन्सर विन्दुमै छुट पाउँछन् । उनीहरुले सम्झौता गर्दा नै सामान आयात गर्दा भन्सार तथा मूल्य अभिबृद्धि कर छुट पाउने व्यवस्था राखेका हुन्छन् । जसले गर्दा त्यस्ता आयोजनाले सामान आयात गर्दा भन्सार विन्दुमा नै मूल्य अभिबृद्धि कर र भन्सार छुट लिने गर्दै आएका छन् ।
तर, नेपाली उद्योगबाट खरिद गर्दा भने सामान किनेसकेपछि विले पेश गरेको आधारमा मूल्य अभिबृद्धि कर छुट लिन सक्ने तथा स्वेदशमा उत्पादित बस्तुमा भन्सार नलाग्ने माहाशाखा प्रमुख नेपालले जानकारी दिए । त्यस्ता आयोजनाहरुले जहाँबाट सिमेन्ट खरिद गर्दा पनि नेपाल सरकारले दिएको छुट पाउने भएकाले त्यसमा कुनै समस्या नभएको उनको दाबी छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL