Logo

काठमाडौ महानगरले तोक्यो सार्बजनिक क्षेत्रमा पार्किङ शुल्क, हेर्नुहोस कुन ठाउँमा कति ?

काठमाडौ महानगरले तोक्यो सार्बजनिक क्षेत्रमा पार्किङ शुल्क, हेर्नुहोस कुन ठाउँमा कति ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं महानगरपालिकाले सार्बजनिक क्षेत्रमा सवारी पार्किङको शुल्क तोकेको छ । महानगरले आर्थिक ऐन २०७४ /७५ पारित गरी क्षेत्रगत आधारमा समय अनुसार पार्किङ शुल्क तोकेको हो ।

क्षेत्र नम्बर १
टेकु पुल उत्तर तर्फ सोह्र खुट्टे नयाँ बजार गङगबु सामाखुसी धापासी , महाराज गञ्ज चोक हुदै चप्पल कारखाना सम्म को सार्वजनिक बाटोमा सवारी साधन पार्किङ्क गरे ६० मिनेट सम्मका लागि दुई पाङग्रेका लागि प्रति घण्टा रु १५, चार पाङग्रेका लागि प्रति घण्टा रु ४० र छ पाङग्रे वा सो भन्दा बढीका लागि रु १२० तोकेको छ ।

क्षेत्र नम्बर २

न्यूरोड, धर्मपथ, कान्तिपथ, दरवारमार्ग लगाएतका भित्रि शहरी क्षेत्र (त्रिपुरेश्वर, रत्नपार्क,भोटाहिटि, केशरमहल, लौनचौर, स्रोहखुट्टे, विष्णुमती लिंक रोड, टेकु हुँदै त्रिपुरेश्वर सम्म)का हकमा दुई पाङग्रेका लागि प्रति घण्टा रु २०,चार पाङग्रेका लागि प्रति घण्टा रु ५० र छ पाङग्रे वा सो भन्दा बढीका लागि रु २०० रुपैयाँ तोकेको छ ।

क्षेत्र नम्बर ३

विजुली बजार पुल पुर्व मनोहरा पुल पेप्सिकोला सम्म, पुतली सडक, बागबजार, डिल्ली बजार, मैतीदेवी, बानेश्वर , गौशाला, चाबहिल , बौद्ध, कोटेश्वर सुकेधारा ज्ञानेश्वर लगायत, सोआसपासका क्षेत्र, टेकु पुल पश्चिम बल्खु कलंकी , कालिमाटी, कुलेश्वर , कुमारी क्लब, सितापाइला, माछापोखरी बालाजु सम्मका स्थानको सार्वजनिक बाटोमा सवारी साधन पार्किङ् गरे प्रति घण्टा देहाय बमोजिम हुने महानगरले जानकारी दिएको छ ।

दुई पाङग्रेका लागि प्रति घण्टा रु १५, चार पाङग्रेका लागि प्रति घण्टा रु ४०, पाङग्रे वा सो भन्दा बढीका लागि रु १००, सार्वजनिक जग्गामा सवारी पार्किङ्क व्यवसाय सञ्चालन गरेको भए लाग्ने व्यवसाय करमा पचास प्रतिशत छुट हुनेछ ।

लिफ्ट वा आधुनिक प्रविधि प्रयोग गरी एकै स्थानमा धेरै सवारी साधन पार्किङ्क गर्ने व्यवसायीलाई यस वर्ष व्यवसाय कर सय प्रतिशत छुट हुने महानगरले जानकारी दिएको छ । सवारी साधन पार्किङ्क गर्ने क्षेत्र र निषेध क्षेत्र नगर कार्यपालिकाले तोक्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL