Logo

बार्षिक दोब्बरले बढेको नेप्सेमा लाग्यो ब्रेक, लगानीकर्ता भन्छन्, सप्लाई बढ्दा समस्या भयो

बार्षिक दोब्बरले बढेको नेप्सेमा लाग्यो ब्रेक, लगानीकर्ता भन्छन्, सप्लाई बढ्दा समस्या भयो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । बिगत ५ बर्ष यता बार्षिक झण्डै दोब्बरले बढेको नेप्से परिसुचकमा यस पटक ओरालो लागेको छ । आर्थिक बर्ष २०७२÷७३ मा दोब्बरले बढेको नेप्से पसिुचक आर्थिक २०७३/७४ को अन्त्यमा झण्डै १ सय ४० अंकले गिरावट आएको छ ।

आर्थिक बर्ष २०६८/६९ मा लगातार लय समातेको नेप्सेले गत आर्थिकमा धेरै समस्या झलेको थियो । १८ सय अंक पुगेर १२ सय अंकसम्म झरेको नेप्से परिसचुक आर्थिक बर्षको अन्त्यमा १ हजार ५ सय ८२ अंकमा स्थिर रहन पुग्यो । आर्थिक बर्ष २०७२/७२ मा दोब्बले बढेर १ हजार ७ सय १८ मा पुगेको नेप्से गत आबमा ओरालो लागेको हो ।

पछिल्लो समय बजारमा सेयरको आपूर्ति उच्च रुपमा बढ्दा बजारले गति लिन नसकेको नेपाल इन्भेष्टर्स फोरम एशोसिएशनका अध्यक्ष डा. आत्माराम घिमिरे बताउँछन् । ‘बैंक तथा वित्तीय संस्थाको पूँजी बृद्धि तथा नयाँ कम्पनीको प्राथमिक सेयर निष्काशनले बजारमा सेयरको आपूर्ति धेरै भयो,’ उनले भने, ‘तर, सोही अनुरुप बजारमा लगानीकर्ता नथपिदा बजारले उँधोगति समातेको हो ।’ पूँजी बृद्धि तथा आईपीओ जारीले बजारमा लगातार सेयरको आपूर्ति बढ्ने र नयाँ लगानीकर्ता नथपिने हो भने बजारले गति लिन नसक्ने समेत उनले जानकारी दिए । साथै बजार बढाउन नेप्सेलाई पूर्ण रुपमा अनलाईन ट्रेडिङमा लगेर तत्काल गैर आवासीय नेपाललाई लगानी खुला गर्नुपर्ने उनको धारणा छ ।

गत आर्थिक बर्षमा २८ बाणिज्य बैंक, विकास बैंक, फाइनान्स कम्पनी र इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी बढेको छ । २ अर्ब चुक्ता पूँजी भएको बाणिज्य बैंकको चुक्ता पूँजी ७ अर्ब रुपौयाँभन्दा बढी पुगेको छ । यसैगरी २५ करोड र ५० करोडको रहेको इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी क्रमश १ अर्ब र २ अर्ब रुपैयाँ पुग्ने भएको छ भने सोही अबधिका १० बटा लाइफ इन्स्योरेन्स कम्पनी समेत थपिएको छ । जसले गर्दा बजारमा सेयर मूल्यमा गिरावट आएको सम्बद्ध लगानीकर्ताहरु बताउँछन् ।

यसैगरी सेयर विश्लेषकहरु भने लगानीकर्ताले आर्थिक बर्षको अन्त्यमा सेयरको मुल्याङ्कन नबढाउँदा यस पटक आर्थिक बर्षको अन्त्यमा नेप्से परिसुचक नबढेको बताउँछन् । ‘यस अघिका बर्षमा लगानीकर्ताले आर्थिक बर्षको अन्त्यमा सेयर मूल्य बढाउँथे र नयाँ आर्थिक बर्ष शुरु भएदेखि घट्थ्यो,’ एक सेयर बिश्लेषकले भने, ‘तर, गत आर्थिक बर्षको क्लोजिङमा लगानीकर्ताले सेयर मूल्य बढाएको देखिँदैन ।’

 

प्रतिक्रिया दिनुहोस्
MBL