Logo

कलंकीमा रोकिने लामो दुरीका सवारीलाई ५ हजार जरिवाना

कलंकीमा रोकिने लामो दुरीका सवारीलाई ५ हजार जरिवाना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अब काठमाडौं भित्रने तथा काठमाडौंबाट बाहिरिने बस कलंकीमा लामो समय रोक्न नपाइने भएको छ ।

आइतबारदेखि लामो दुरीका बस लामो समय कलंकीमा रोकेमा ५ हजार जरिबाना तिर्नुपर्ने भएको हो । असार २१ गते सार्वजनिक यात्रुवाहक सवारी साधनहरुको आगमन र प्रस्थान गोंगवु बसपार्कबाट मात्र हुने निर्णयसँगै गरिएको थियो ।

कलंकीमा सवारी जामको चापले ट्राफिक व्यवस्थापनामा समस्या भएको भनदै यस्तो निर्णय गरेको हो ।
नियम पालना नगर्नेलाई सवारी तथा यातायात ब्यवस्था ऐन २०४९ को दफा १ सय ६६ अनुसार ५ हजार रुपैयाँसम्म जरीवाना लगाइने पाण्डेले जानकारी दिए।

कलंकीमा गाडी पार्कीङ गरेर राख्न नपाएपनि यात्रु झार्न र चढाउन भने पाउने छन्। यससँगै उपत्यका बाहिरबाट प्रवेश गरेका सवारी कलंकीबाट बाँया मोडिएर सिधै नयाँ बसपार्क जाने छ । त्यस्तै उपत्यकाबाट बाहिरिने सवारी साधनहरु सिधै नयाँ बसपार्कबाट कलंकी नागढुङ्गा हुँदै उपत्यका बाहिरिनुपर्ने छ।

प्रतिक्रिया दिनुहोस्
MBL