Logo

केबल अपरेटरको दबाबमा सरकार, क्लीन फिड कार्यान्वयनबाट पछि हट्यो

केबल अपरेटरको दबाबमा सरकार, क्लीन फिड कार्यान्वयनबाट पछि हट्यो


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले साउन एक गतेदेखि लागु गर्ने घोषणा गरेको विदेशी च्यानलमा विज्ञापनरहित(क्लीन फिड) नीतिबाट पछि हटेको छ । क्लीन फिड नीति लागू गर्ने गरी बिहीबार राजपत्रमा सुचना प्रकाशित गरेपनि विभिन्न कारण देखाउँदै कार्यान्वयन गर्न नसकिने सुचना तथा संचार मन्त्रालयले जानकरी दिएको छ ।

मन्त्रालयले नीतिमा उल्लेखित कतिपय विषय सम्पान गर्न बाँकी रहेकाले तत्कालका लागि स्थगित गरिएको जानकारी दिएको छ । मन्त्रालयले शुक्रबार साती साढे ९ बजे सुचना जारी गर्दै क्लीन फिड लागू नहुने जानकरी गराएको हो । तर, बिहीबारसम्म जसरी पनि लागू गर्ने निर्णयमा पुगेको मन्त्रालयलाई केबल अपरेटर तथा डिस होम संचालकले प्रधानमन्त्रीलाई भटेर कार्यान्वयन नगर्न चेतावनी दिएपछि सो निर्णयबाट पछि हटेको स्रोतले जानकारी दिएको छ ।

केबल टिभी व्यवसायीले क्लीन फिड लागु भए सबै विदेशी टेलिभिजन च्यानल बन्द गर्ने चेतावनी दिँदै आएका थिए । तर, सुचना तथा संचार मन्त्रालयको सो निर्णयले अबका दिनमा निर्वाद रुपमा विदेशी च्यानलहरु संचालनमा आउनेछन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL