Logo

बजेटको विनियोजन विधेयक पारित, साउनको शुरुबाटै खर्चको अख्तियारी

बजेटको विनियोजन विधेयक पारित, साउनको शुरुबाटै खर्चको अख्तियारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । व्यवस्थापिका संसदले बजेट सम्बन्धी बिनियोजन विधेयक पारित गरेको छ । सरकारले जेठ १५ मा सदनमा प्रस्तुत गरेको बजेटको सबैभन्दा महत्वपूर्ण विनियोजन विधेयक संसदले आज पारित गरेको हो ।

बजेटसँग सम्बन्धित आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक पारित हुन बाँकी छ । तर बजेको सबैभन्दा महत्वपूर्ण विधेयक पारित भएकाले अन्य विधेयक पनि पारित हुनेछन् ।

बजेट सम्बन्धी सम्पूर्ण विधेयक पारित भएसँगै साउन पहिलो साता भित्रै बजेट कार्यान्वयनको अख्तियारी सम्बन्धित निकायले पाउने छन् । जसबाट स्थानीय निकायले साउनको पहिलो सातामै बजेट कार्यान्वयनको अख्तियारी पाउने सम्भावना रहेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL