Logo

‘डेटा वार’ले घटाउँदैछ इण्टरनेटको मुल्य, यसरी लिनुहोस सस्तोमा डेटा प्याक

‘डेटा वार’ले घटाउँदैछ इण्टरनेटको मुल्य, यसरी लिनुहोस सस्तोमा डेटा प्याक


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पछिल्लो समय टेलिफोन सेवा प्रदायकहरुले डेटामा विशेष योजना सार्वजनिक गर्न थालेका छन् । मोबाइल डेटाका प्रयोगकर्ता बढेसँगै नेपाल टेलिकम, एनसेल, स्मार्ट टेलिकम लगायतले विशेष छुट तथा योजना सार्वजनिक गर्न थालेका हुन् ।

‘भ्वाइस’बाट प्रयोगकर्ताहरु विस्तारै डेटातर्फ आकर्षित हुन थालेकोले डेटामा उपभोक्तालाई सुविधा दिने उद्देश्यसहित छुटको व्यवस्था गरिएको नेपाल टेलिकमका सहायक प्रवक्ता सोभन अधिकारीले जानकारी दिए । त्यस्तै एनसेलका कपोर्रेट संवाद विज्ञ मिलनमणी शर्माले डेटामा सहज पहुँचका लागि योजना सार्वजनिक गरिएको बताए ।

छुट तथा सुबिधाको उद्देश्य सेवाग्राहीलाई लाभ दिनु भएपनि एउटै कम्पनीले एकैपटक धेरै योजना सार्बजनिक गर्दा प्रयोगकर्ता भने अलमलमा पर्ने सम्भावना हुन्छ । त्यसो त कम्पनीहरुले कुन डेटा कसरी लिने भन्नेबारे सूचना पनि प्रवाह गरिरहेका छन् ।

                                                                                              टेलिकम डेटा प्याक

फोरजी डाटा प्याक
यो फोरजी ÷एलटीइका ग्राहकहरुलाई लक्षित गरि ल्याइएको छ । जसमा ५० रुपैयाँमा २०० एमबी डेटा उपलब्ध गराएको छ । यो ७ दिनसम्म लागु हुन्छ । त्यस्तै १ सय रुपैयाँमा ५०० एमबी, २ सय रुपैयाँमा १२००,३ सयमा २ हजार र ५ सय रुपैयाँमा ३६ सय एमबी डेटा लिन सकिन्छ । यो १४ र २८ दिन लागु हुन्छ । यसका लागि फोरजी लिनुपर्ने डेटा प्याक टाइप गरि १४१५ मा पठाउन पर्छ । जस्तो २०० एमबी डेटा प्याक लिन फोरजी २००एमबी टाइप गरि १४१५ मा पठाउनु पर्छ ।

अल टाइम डेटा प्याकेज

टेलिकमले प्रिपेड तथा पोष्टपेड प्रयोगकर्तालाई लक्षित गर्दै यो डेटा प्याक सञ्चालनमा ल्याएको हो । यसमा २५ रुपैयाँमा ६० एमबी, ७ दिनका लागी उपलब्ध छ । त्यस्तै ५० रुपैयाँमा १४ दिनका लागि १२५ एमबी, एक सय रुपैयाँमा ३० दिनका लागि ४०० एमबी, २सय रुपैयाँमा ८५० र ३ सय रुपैयाँमा १५०० एमबी १ महिनाका लागि लागु हुने छ । यो सुविधाका लागि ग्राहकले डाटा आफुले चाहेअनुसारको एमबी टाइपगरी १४१५ मा म्यासेज गर्नुपर्छ ।

नाइट टाइम डाटा प्याकेज

यो राती १० बजेदेखि बिहान ६ बजेसम्म लागु हुन्छ । जसअन्तर्गत २ सय रुपैयाँमा ३ जीबी र ३ सय रुपैयाँमा ६.५ जिबी प्रयोग गर्न सकिने छ । यो सेवा लिनका लागि नाइटथ्री जीबी वा ६.५ जिबी टाइप गरेर १४१५ मा पठाउनुपर्ने हुन्छ ।

नाइट भ्वाइस प्याक
नाइट भ्वाइस प्याकमा २५ रुपैयाँमा २ सय ५० मिनेट कल गर्न सकिन्छ । एनआइजीएचटी(NIGHT) टाइप गरेर १४१५ मा पठाउने । यो प्याक एक हप्तासम्म प्रयोग गर्न सकिन्छ ।

फेसबुक तथा इन्स्टाग्राम डेटा प्याक
फेसबुक डेटा प्याकमा २५ रुपैयाँमा ११० एमबी डाटा एक हप्ताका लागि प्रयोग गर्न सकिन्छ । त्यस्तै ५० रुपैयाँमा २३० एमबी १४ दिनका लागि र १ सयमा ५०० एमबी र २ सयमा ११०० एमबी २८ दिनका लागि । यो सेवाका लागि एफबी(FB) टाइप गरी आफ्नो आवश्यकता अनुसार एमबी टाइप गरेर १४१५ मा पठाउन सकिने छ ।

                                                                                                     

                                                                                              एनसेल डेटा प्याक
अल टाइम डेटा प्याक
#१७१२३* डायल गरेर अल टाइम डेटा प्याक लिन सकिन्छ । जसअुनसार १० रुपैयाँमा २५ एमबी डेटा प्रयोग गर्न सकिने छ ।
त्यस्तै २० रुपैयाँमा ६० एमबी, १ सय रुपैयाँमा ३०० एमबी,१५० रुपैयाँमा ६०० एमबी र २५० रुपैयाँमा १२०० एमबी डेटा प्रयोगगर्न मिल्छ ।

एनसेलको डे टाइम
एनसेलको डे टाइम अन्तर्गत बिहान पाँच बजेदेखि बेलुका पाँच बजेसम्म १० रुपैयाँमा ५० एमबी, २० रुपैयाँमा १२० रुपैयाँ, एक सय रुपैयाँमा ६०० एमबी , १ सय ५० रुपैयाँमा १२०० एमबी र २ सय ५० मा रुपैयाँमा २४०० एमबी डेटा प्रयोग गर्न सकिन्छ । त्यसैगरी नाइट प्याकमा राती ११ बजेदेखि बिहान ५ बजेसम्म १० रुपैयाँमा एक सय एमबी, २० रुपैयाँमा २४० एमबी, १ सयमा १२००, १ सय ५० रुपैयाँमा २४०० र २५० रुपैयाँमा ४८०० एमबी डेटा खरिद गर्ने सुबिधा ग्राहकलाई छ ।

फेसबुक प्याक
फेसबुक प्याकमा दिउसो तथा रातिका लागि विशेष अफर एनसेले उपलब्ध गराएकोछ । यसमा १० रुपैयाँ १७ पैसामा २० एमबी नाइट तथा डे डेटा प्याक लिन सकिन्छ । त्यस्तै ५५ रुपैयाँ ३७ पैसामा १४० र १६८ रुपैयाँ ३७ पैसामा ६ सय एमबी डेटा उपलब्ध छ ।

अनलिमिटेड इन्टरनेट प्याकेज
एनसेलको अनलिमिटेड इन्टरनेट प्याकेजमा १ जिबी डेटाको लागि ७८९ रुपैयाँ ८७ पैसा ,५ जिबीको २२ सय ५८ र १० जिबी ३३ सय ८८ रुपैयाँमा लिन सकिन्छ । यसका लागि #१७१२३* ह्यास डायल गरि निर्देशन अनुसार गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्
MBL