Logo

भुटानसँग जहाज भाडामा लिने निगमको तयारी, पठायो आशयपत्र

भुटानसँग जहाज भाडामा लिने निगमको तयारी, पठायो आशयपत्र


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमले भुटानी एयरलाइन्स कम्पनीसँग जहाज भाडामा लिने भएको छ । भुटानको टासी एयरबाट सस्तोमा विमान उपलब्ध गराउने प्रस्ताव आएकोले प्रक्रिया अघि बढाइएको निगमका प्रवक्ता रविन्द्र श्रेष्ठले जानकारी दिए ।  निगमले सम्झौताका लागि सो एयरलाइन्सलाई आशयपत्र  पठाइसकेको छ ।

निगमले केही समयका लागि जहाज भाडामा लिनका लागि टेण्डर आब्हान गरेकोमा दुइ ओटा विमान कम्पनीले प्रस्ताव पठाएका थिए । जसमा भुटानको टासी एयर प्राली र युक्रेनको स्टार एभिएशन कम्पनीले प्रस्ताव पेश गरेका थिए । टासी एयर प्राली भुटानको निजी बिमान कम्पनी हो । सो विमान कम्पनीले कोलकत्ता, दिल्ली, बैंककलगायत ५ स्थानमा उडान भर्दै आएको छ ।

निगमले जहाज भाडामा लिन तेस्रो पटक सूचना निकाल्दा अन्तिममा दुई ओटा कम्पनीले जहाज भाडामा दिन इच्छा देखाएका थिए । निगमले खोजे अनुसारको जहाज जसले कम मूल्य र गुणस्तरिय उपलब्ध गराउछ त्यही कम्पनीको जहाज भाडामा लिइने निगमले जानकारी दिएको छ । तर, भाडामा लिने जहाज १५ वर्षभन्दा पुरानो हुन नहुने शर्त निगमको छ ।

निगमले शुरुमा एयरबसको ‘३२०’ सिरिज खोजको थियो । तर आबेदनका लागि दुई पटक सूचना निकाल्दा पनि नआएपछि ३१९, ३२० वा ३२१ जुन भए पनि हुने भन्दै तेस्रो पटक आबेदन माग गरेको हो ।

निगमको हाल सञ्चालनमा रहेको बोइङ मर्मत गर्नुपर्ने भएकोले जहाज भाडामा लिन लागेको हो । भाडामा लिएको जहाज क्वालालाम्पुर, दोहा, दिल्ली, बैंगलोर जस्ता गन्तव्यमा उडाउने निगमको योजना छ । निगमसँग हाल दुईवटा बोइङ भएकोमा बि ७५७–२०० पुरानो भएर लिलामीमा राखिएको छ ।

बि ७५७–२०० एम मर्मतको लागि एक महिनासम्म सिंगापुरको एसटी एरोस्पेस टेक्नोलोजीमा जान लागेको छ । बोइङ मर्मतमा लगेसँगै निगमको उडान नै प्रभावित हुने भन्दै निगमले भाडामा जहाज लिएर उडान नियमित गर्न लागेको श्रेष्ठले जानकारी दिए । निगमको हाल सञ्चालनमा रहेको बोइङ मर्मतका लागि करीब ६० दिन लाग्ने निगम छ ।

प्रतिक्रिया दिनुहोस्
MBL