Logo

भुकम्प पीडितले पाउने ट्याक्सी काठमाडौंमा चलाउन नपाइने

भुकम्प पीडितले पाउने ट्याक्सी काठमाडौंमा चलाउन नपाइने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भुकम्प पिडित ट्याक्सी बितरणमा यातायात ब्यवस्था विभाग र काठमाडौं महानगरपालिकाबीच बिबाद उत्पन्न भएको छ । सरकारले भुकम्पबाट अति प्रभावित १४ जिल्लाका पिडितलाई १ हजार ५ सय ट्याक्सी बितरण गर्ने निर्णय गरेपनि त्यसमा महानगर बाधक बन्ने भएको छ ।

हाल महानगरमा सबारी चाप बढेको र शहरी क्षेत्रमा ठूला सबारी संचालनमा ल्याएर यात्रुलाई सर्ब सुलभ तरिकाबाट सेवा दिने नीति लिएको भन्दै तत्काल भुकम्प पिडितलाई ट्याक्सी बितरण नगर्न महानगरपालिकाले विभिन्न सरोकारवाला निकायलाई पत्राचार गरेको छ । काठमाडौंको बढ्दो सवारी जाम, सवारी प्रदुषण, पार्किङ क्षेत्रको अभावजस्ता समस्या रहेको भन्दै अब थप ट्याक्सी वितरण गर्न नमिल्ने महानगरका मेयर विद्यासुन्दर शाक्यले बताए ।

अबका दिनमा कामठमाडौं महानगरले आफ्नो छुट्टै नीतिगत ब्यवस्था गरेर सवारीसाधन चलाउन सक्ने भएकाले भुकम्प पिडितलाई बितरण गरिएको ट्याक्सी महानगरभित्र संचालन गर्न नमिल्ने काठमाडौं महानगरका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताए । ‘अबका दिनमा महानगर भित्र कस्ता सवारीसधान कसरी संचालन गर्ने तथा यात्रुलाई कस्तो सुविधा दिने भन्ने बिषयमा नगर परिषद्ले निर्णय गर्नेछ,’ उनले भने, ‘महानगरले ट्राफिक ब्यवस्थापनका सहज बनाउन ठूला सवारीसाधन संचालन गर्ने नीति लिएकाले अब थपिने ट्याक्सी संचालनमा रोक लगाउने छ ।’

भुकम्प पिडितले ट्याक्सी लिनका लागि जुन जिल्लाबाट आवेदन दिएका छन् सोही क्षेत्रका संचालन गनुूपर्ने समेत उनले जानकारी दिए । ‘महानगरमा अहिले नै साना सवारीसाधनको संख्या बढी भैसकेको छ,’ उनले भने, ‘अब थपिने ट्याक्सी सम्बन्धित जिल्लामा लगेर चलाउनुपर्छ काठमाडौंमा थप जाम गर्न पाइदैन ।’ अब स्थानीय निकाय आफैमा अधिकार सम्पन्न भएकाले पनि आफ्नो क्षेत्र ब्यवस्थापनका लागि आफैले निर्णय गर्ने उनको तर्क थियो ।

तर, यातायात ब्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डे भने भुकम्प पिडितलाई ट्याक्सी बितरण गर्ने निर्णय मन्त्रिपरिषदबाट भएको हुँदा महानगरले भन्दैमा नरोकिने बताउँछन् । ‘मन्त्रिपरिषदको निर्णय महानगरले रोकेर रोकिँदैन,’ उनले भने, ‘यसलाई कि सर्बोच्च अदालतले रोक्नुपर्छ अन्यथा आजबाट बितरणकार्य शुरु हुन्छ ।’

विभागले आजबाट ३ दिनसम्म भुकम्प पिडितलाई ट्याक्सी बितरण गर्ने भएको छ । भुकम्प पिडिलाई गोलाप्रथाबाट आज ४ सय ९१, बिहीबार ५ सय १३ र शुक्रबार ४ सय ९६ वटा ट्याक्सी बितरण गरिने छ । विभागले ट्याक्सी बितरण गरेपनि काठमाडौं महानगरले संचालनमा रोक लगाउने हो भने ट्याक्सी लिने भुकम्प पिडितहरु अलपत्र छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL