Logo

तीन कम्पनीले पाए मोबाइल बैंकिङ संचालन अनुमती

तीन कम्पनीले पाए मोबाइल बैंकिङ संचालन अनुमती


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा कम्पनीलाई मोबाइल बैंकिङको अनुमति प्रदान गरेको छ । राष्ट्र बैंकले तीन दिनमा तीन वटा कम्पनीलाई इन्टरनेट मोबाइल  बैंकिङ संचालनका लागि अनुमति दिएको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता राजेन्द्र पण्डितले जानकारी दिए ।

उनका अनुसार आईएमइ पे, प्रभु टेक्नोलोजी र इसेवा फोन पेललाई इन्टरनेट मोबाइल बैंकिङ कारोबारका लागि स्वीकृति प्रदान गरिएको हो । ती कम्पनीलाई आइतबार, सोमबार र मंगलबार गरी छुट्टा छुट्टै दिन स्वीकृति प्रदान गरिएको समेत उनले जानकारी दिए ।

तीमध्ये आईएमईलाई पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) र र ईसेवालाई पेमेन्ट सर्भिस प्रोभाइडर(पीएसपी) तथा प्रभु टेक्नोलोजीलाई पेमेन्ट सर्भिस अपरेटर (पीएसओ), को अनुमति दिइएको पण्डितले जानकारी दिए ।

स्वीकृति पाएका कम्पनीले भुक्तानी तथा फछ्र्यौट विनियमावली २०७२ अन्तरगत रेहर दुरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल बैंकिङको सुविधा प्रदान गर्नेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL