Logo

धितोपत्र बोर्डले रोक्यो एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार, के हुन्छ ६ सय प्रतिशत हकप्रद ?

धितोपत्र बोर्डले रोक्यो एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबार, के हुन्छ ६ सय प्रतिशत हकप्रद ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल धितोपत्र बोर्डले एभरेष्ट इन्स्योरेन्सको सेयर कारोबारमा रोक लगाएको छ । एभरेष्टले सिमित व्यक्तिलाई सम्बेदनशील सुचना चुहावट गरेको भन्दै सेयर कारोबार रोका गर्न नेपाल स्टक एक्स्चेञ्जलाई पत्राचार गरेको हो ।

एभरेष्ट इन्स्योरेन्सले हकप्रद जारी गर्नुभन्दा पहिले नै सुचना चुहावट गरी आफ्ना मान्छेलाई सेयर खरिद गर्न लगाएको तथा कम्पनीका अन्य महत्वपूर्ण सुचना चुहावट गरी सेयर बजारमा प्रभाव पार्न खोजेको भन्दै कारोबारमा रोक लगाएको हो । हाल कम्पनीको बारेमा अध्ययन अनुसन्धान भइरहेको बोर्डका एक अधिकारीले बताए ।

कम्पनीले केही समय अघि १ बराबर ६ को अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको थियो । तर, सो भन्दा अगाबै उक्त सुचना चुहावट गरी बजारमा प्रभाव पारेको भन्दै सो बिषयमा अनुसन्धान भइरहेको बोर्ड स्रोतले जानकारी दिएको छ । साथै, सो सम्बन्धमा आधिकारिकता भेटिएमा हकप्रद जारीमा समेत रोक लगाउन सकिने बोर्ड स्रोतको भनाइ छ ।

नेप्से पनि धितोपत्र बोर्डले पत्राचार गरेसँगै सेयर कारोबारमा रोक लगाइएको बताएको छ । हाल सो कम्पनीको बारेमा अनुसन्धान भइरहेको र बोर्डबाट अर्को पत्र नआएसम्मका लागि सेयर कारोबारमा रोक लगाइने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

यसैगरी बोर्डले नेशनल हाइड्रो पावर कम्पनीको सेयर कारोबारमा पनि रोक लगाएको छ । संचालक समिति र प्रमुख कार्यकारी अधिकारीबीचको आधिकारिकताको विषयमा बिबाद भएपछि बोर्डले सेयर कारोबारमा रोक लगाएको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL