Logo

असारभित्रै डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउँदै उद्योग विभाग

असारभित्रै डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउँदै उद्योग विभाग


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । उद्योग विभागले असारदेखि नै डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउने तयारी थालेको छ । कम्पनी दर्ता तथा भिसा प्रक्रियामा डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउने तयारी सुरु भएको विभागका प्रवक्ता दुर्गा भुसालले जानकारी दिए । उनका अनुसार यसको खरिद प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।

विभागले ३५ लाख रुपैयाँमा डिजिटल हस्ताक्षरका लागि आवश्यक उपकरण खरिद गर्न लागेको हो । नेपालस्थित रेडियण्ट नामक कम्पनीले सफ्टवेयर खरिद गरी विभागलाई उपलब्ध गराउनेछ । उपकरण खरिद भएपछि जडानको प्रक्रिया तत्काल सुरु हुने विभागका प्राविधिक सीएम भणडारीले जानकारी दिए । छुट्टै सर्भर राख्नुपर्ने र यसका लागि आवश्यक सफ्टवेयर पनि महङ्गो पर्ने उनले बताए ।

विभागका कामलाई सुरक्षित, पारदर्शी र सहज बनाउने उद्देश्यसहित डिजिटल हस्ताक्षर प्रयोगमा ल्याउने तयारी गरिएको हो । विशेषगरी उद्योगको अनलाइन दर्ता प्रमाणिकरणका लागि डिजिटल हस्ताक्षरको आवश्यक हुने प्रवक्ता भुषालले जानकारी दिए ।

डिजिटल हस्ताक्षर साइवर सुरक्षाको एक पक्ष हो । यसलाई प्रविधिमार्फत कारोबार गर्दा कसैले पनि आफुले पठाएको म्यासेज, इमेल वा आफ्नो फाइलहरु इन्कार गर्न सक्दैन ।
डिजिटल हस्ताक्षरको प्रयोगले इन्टरनेट वा अनलाइन मार्फत डाटा पठाउँदा चोरी हुने सम्भावना कम हुन्छ । यसमा पठाउने र पाउनेबीच सहकार्य हुनु भने आवश्यक छ ।
डिजिटल हस्ताक्षर प्रयोगमा आएपछि विभागमा बुझाएको कागजात कम्पनी रजिष्ट्रार कार्यालयमा पनि प्राप्त हुनेछ । सेवाग्राहीले एउटै कागजात दुई ठाउँ बुझाउनुपर्ने बाध्यता यसले अन्त्य गरिदिनेछ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL