Logo

निगम र सञ्चय कोषबीच ऋण सम्झौता, जहाज खरिदका लागि १२ अर्ब प्रदान

निगम र सञ्चय कोषबीच ऋण सम्झौता, जहाज खरिदका लागि १२ अर्ब प्रदान


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल वायुसेवा निगम र कर्मचारी सञ्चय कोषबीच ऋण सम्झौता भएको छ । निगमले जहाज खरिदका लागि कोषसँग ऋण लिने सम्झौता गरेको हो ।
निगमले कोषसँग १२ अर्ब रुपैयाँ ऋण लिनका लागि आज एक सम्झौता पत्रमा हस्ताक्षर गरेको हो । सम्झौता अनुसार कोषले निगमलाई ९ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध गराउने छ ।

निगमले ३३०-२०० सिरिजको दुई वटा एयर बस खरिदका लागि निगमसँग ऋण लिने सम्झौता गरेको हो । यस अघि निगमले अमेरिकन लिजिङ कम्पनी एएआर कर्पोरेसनसँग वाइड बडी जहाज खरिदका लागि सम्झौता गरिसकेको छ ।

निगमले कुल २४ अर्ब रुपैयाँ ऋण लिने तयारी गरेको थियो । जसमध्ये थप १२ अर्ब रुपैयाँ रकम नागरिक लगानी कोषसँग लिने भएको छ । कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषले सरकारको जमानीमा निगमलाई ऋण उपलब्ध गराउन लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL