Logo

कतार माथी खाडी मुलुकको नाकाबन्दी, पर्ख र हेरको अवस्थामा नेपाल

कतार माथी खाडी मुलुकको नाकाबन्दी, पर्ख र हेरको अवस्थामा नेपाल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । साउदी अरब, संयुक्त अरब इमिरेट्स लगायत खाडी मुलुकले कतारसँगको सम्बध तोडसँगै नेपालले कतारमा आफ्नो नागिरकलाई रोजगारीका लागि पठाउने वा नपठाउने भन्ने विषयमा छलफल अघि बढाएको छ । अन्य खाडी मुलुकले कतारसँग सम्बन्ध तोडेसँगै नेपाली कामदारलाई रोजगारीमा पठाउने सम्बन्धमा सम्बद्ध सरोकारवालासँग छलफल अघि बढाइएको श्रम तथा रोजगार मन्त्रालयका प्रवक्ता गोविन्दमणी भुर्तेलले बताए ।

उनका अनुसार खाडी मुलुक र कतारबीचको सम्बन्ध बिग्रीएसँगै त्यहाँ रहेको नेपाली कामदारको अवस्थाको सम्बन्धमा कतार स्थित नेपाली दुतावास तथा रोजगारदाता कम्पनीसँग छलफल अघि बढाएको छ । तर, हालसम्म नेपाली कामदारलाई कुनै समस्या नपरेकाले कतारस्थित नेपाली कामदार झिकाउने र यहाँँबाट जान रोक नलगाएको उनले जानकारी दिए । ‘हामीले विभिन्न सरोकारवाला निकायसँग बुझ्दा कतारमा नेपाली कामदारको अबस्था सामान्य नै छ,’ उनले भने, ‘तर, अबस्था समान्य भएपनि त्यहाँ स्थित नेपाली दूतावासलाई कामदारको प्रत्यक्ष सम्बन्धमा रहेर जानकारी गराउन आग्रह गरेका छौं ।’

यसैगरी नेपालबाट आजका दिनसम्म श्रम स्वीकृति लिएर कामदारहरु कतारको रोजगारीमा गइरहेका छन् । आगामी दिनमा पठाउन के गर्ने भन्ने विषयमा मन्त्रालयस्तरमा छलफल भइरहेको र केही दिन भित्रै बैदेशिक रोजगार ब्यवसायीहरुसँग छलफल गरिने उनले जानकारी दिए । ब्यवसायीसँगको छलफलपछि मात्र नेपाली कामदारलाई कतारको रोजगारीमा जान रोक लगाउने वा नलगाउने भन्ने विषयमा टुङ्गो लाग्ने उनको तर्क छ ।

हाल कतारमा मात्र ५ लाखभन्दा बढी नेपाली कामदार रोजगारीका लागि पुगेका छन् । सहज रुपमा भिसा दिने तथा निर्माण क्षेत्रमा अदक्ष कामदारको माग बढी भएकाले कतारको रोजगारीमा जाने नेपाली कामदारको माग बढेको छ ।

यसैगरी नेपाल बैदेशिक रोजगार ब्यवसायी संघमा महासचिव रोहन गुरुङ पनि कतारमा रहेका कामदारको अबस्था सामान्य नै रहेको बताउँछन् । ‘नाकाबन्दीका कारण एयरपोर्ट काम गर्ने र ठूला गाडी चलाएर विभिन्न देशमा सामान लिएर जाने ड्राइभरलाई समस्या परेको छ,’ उनले भने, ‘तर, कतारभित्रै काम गर्ने अन्य काम गर्ने कामदारलाई भने समस्या आएको छैन ।’

हाल कतारस्थित रोजगारदाताले नै अबस्था सामान्य नै रहेको भन्दै कामदार पठाउन आग्रह गर्दै आएको उनले जानकारी दिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL