Logo

एनसेलले तिर्यो साढे २३ अर्ब पूँजीगत लाभकर, २५ मध्ये १५ प्रतिशत चुक्ता

एनसेलले तिर्यो साढे २३ अर्ब पूँजीगत लाभकर, २५ मध्ये १५ प्रतिशत चुक्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले १३ अर्ब ६० करोड ४६ लाख ९१ हजार रुपैयाँ कर तिरेको छ । कम्पनी खरिदबिक्री वापत एसेलले तिर्नुपर्ने २५ प्रतिशत पूँजीगत लाभकरमध्ये दुई किस्तामा गरी १५ प्रतिशत रकम बुझाएको ठूला करदाता कार्यालयले जानकारी दिएको छ ।

सन् २०१५ डिसेम्बरमा टेलियासोनेराले एनसेलको ६० दशमलव ४ प्रतिशत हिस्सा अर्थात १ अर्ब ३ करोड डलरमा मलेशियन कम्पनी आजियटालाई एनसेल बिक्री गरेको थियो । सो विषयमा पूँजीगत लाभकर कति तिर्ने भन्ने विषयमा कर निर्धारण नभइसकेको अबस्थामा एनसेलले १५ प्रतिशत कर रकम दाखिला गरिसकेको छ । कम्पनीले आजैमात्र कर दाखिला गरेको ठूला करदाता कार्यालयका एक उच्च अधिकारीले जानकारी दिए ।

ठूला करदाता कार्यालयका अनुसार एनसेलले दुई पटक गरी कम्पनी खरिदबिक्रीे अग्रीम कर कट्टी बापतको १५ प्रतिशत रकम अर्थात २३ अर्ब ५६ करोड ४१ लाख रुपैयाँ कर भुक्तान गरिसकेको छ । एनसेलले एस अघि सन् २०१६ को अगस्ट ५ तारिखमा कम्पनी खरिदबिक्री वापत ९ अर्ब ९५ करोड ९५ लाख रुपैयाँ कर दाखिला गरेको थियो ।

एनसेलले अब १० प्रतिशत रकम तिर्न बाँकी रहेको र सो रकमको बारेमा कर निर्धारण गरेर पठाइने ठूला करदाताका एक अधिकारीले जानकारी दिए । एनसेलको कर निर्धारण गर्न संसदको सार्बजनिक लेखा समिति, अर्थ समिति र विकास समितिले दर्जनौ पटक सम्बद्ध निकायलाई निर्देशन दिएको थियो । तर, कर निर्धारण नभइसकेको अवस्थामा एनसेलले सो वापतको १५ प्रतिशत रकम ठूला करदाता कार्यालयमा दाखिला गरिसकेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL