Logo

काठमाडौंमा दैनिक ५१ कराेड लिटर पानी, मेलम्ची बाहेक याङग्री र लार्केबाट ३४ करोड लिटर

काठमाडौंमा दैनिक ५१ कराेड लिटर पानी, मेलम्ची बाहेक याङग्री र लार्केबाट ३४ करोड लिटर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं उपत्यकाबासीले दशैसम्मा मेलम्चीको पानी पिउन पाउने छन् । जसका लागि मेलम्ची खानेपानी आयोजनाको निर्माण कार्य आगामी असोजभित्र सम्पन्न गरिने छ । आगामी दशैंसम्म यस आयोजनाबाट काठमाडौं उपत्यकाको चक्रपथभित्र दैनिक १७ करोड लिटर पानी वितरण हुनेछ ।

त्यस्तै काठमाडौंमा मेलम्ची खानेपानी आयोजनाको दोश्रो चरण अन्तर्गत याङग्री र लार्के नदीबाट पानी ल्याउने काम समेत आगामी आर्थिक बर्षबाट प्रारम्भ गरिने अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए । आर्थिक बर्ष २०७४/ ०७५ को बजेट भाषणका क्रममा उनले यस्तो जानकारी दिएका हुन् ।

याङग्री र लार्के नदीबाट दैनिक ३४ करोड लिटर खानेपानी ल्याइने छ । यससँगै उपत्यकामा दैनिक ५१ करोड लिटर पानी भित्रने छ ।

मेलम्चीको मात्रै पानीले उपतयका बासीको माग नधान्ने भनदै दुई नदीबाट पानी ल्याउने तयारी सरकारले थालेको हो । सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ६ अर्ब ५७ करोड विनियोजन गरेको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL