Logo

बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १० अर्ब १७ करोड बजेट

बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १० अर्ब १७ करोड बजेट


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि १० अर्ब १७ करोड रुपैयाँ छुट्याएको छ । आगामी आर्थिक बर्षका लागि सो बराबरको रकम विनियोजन गर्न लागेको अर्थमन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

सरकारले चालु आर्थिक वर्षमा सरकारले बुढीगण्डकी आयोजनाका लागि ५ अर्ब ३३ करोड रकम छुट्टाएको थियो ।

आयोजनाको मुआब्जा विनियोजन तथा पुनर्बासका लागि यो रकम छुट्टाएको अर्थमन्त्री महराले जानकारी दिए ।

यसैगरी सरकारले माथिल्लो तामाकोसीका लागि ५० करोड रकम छुट्याएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL