Logo

आर्थिक सर्बेक्षणले देखायो ६.९४ %को बृद्धि, जीडीपीमा कृषिको योगदान २९.३७ %

आर्थिक सर्बेक्षणले देखायो ६.९४ %को बृद्धि, जीडीपीमा कृषिको योगदान २९.३७ %


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । आर्थिक वर्ष २०७३/७४ को आर्थिक सर्बेक्षणले आर्थिक बृद्धिदर ६ दशमलव ९४ प्रतिशत हुने प्रक्षेपण गरेको छ । अनुकुल मौसम, पूँजीगत खर्चमा बृद्धि, ऊर्जा व्यवस्थापन, लगानीको वातावरणमा सुधारजस्ता विषयले गर्दा आर्थिक बृद्धिदर बढेको हो । यो आर्थिक बृद्धिदर आब २०५१/५१ यताकै उच्च हो ।

सो अवधिमा कृषि क्षेत्रको उत्पादन ५ दशमलव २९ प्रतिशत र गैर कृषि क्षेत्रको उत्पादन ७ दशमलव ७४ प्रतिशतले बढ्ने अनुमान छ । यसैगरी सेवा क्षेत्रको उत्पादन ६ दशमलव ९० प्रतिशतले बढ्दा उद्योग क्षेत्र १० दशमलव ९७ प्रतिशतले बढ्ने आर्थिक सर्बेक्षणले देखाएको छ ।

आर्थिक सर्बेक्षण अनुसार कुल ग्राह्स्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २९ दशमलव ३७ प्रतिशत रहदा गैर कृषि क्षेत्रको योगदान ७० दशमलव ६३ प्रतिशत पुग्ने अनुमाग गरिएको छ ।

सर्बेक्षणले कुल ग्राह्स्थ्य उत्पादनमा उपभोगको अंश ८९ दशमलव ७ प्रतिशतमा रहने अनुमाग गरेको थियो । गत आवको यसको हिस्सा ९६ दशमलव १८ प्रतिशत रहेको थियो । यसैगरी जीडीपीमा कुल राष्ट्रिय बचको अनुपात समेत बढ्ने अनुमान गएिको थियो । गत आवमा यस्तो हिस्सा ३९ दशमलव ९६ प्रतिशत रहेकोमा चालू आवमा ४३ दशमलव ७८ प्रतिशत रहने देखिएको छ ।

सो अवधिमा कुल पूँजी निर्माण खर्च समेत ४५ दशमलव ८ प्रतिशतले बढेर ११ खर्ब ४ अर्ब ९६ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ । यसैगरी प्रतिव्यक्ति आय ६ दशमलव १ प्रतिशतले बृद्धि भई ८ सय ६२ अमेरिकी डलर पुगेको छ ।

सो अबधिमा मुद्रास्फीति समेत एकदमै न्युन रहेको छ । गत आवको ८ महिनामा मुद्रास्फीति ९ दशमलव ७ प्रतिश रहेकोमा चालू आबको सोही अबधिमा ५ दशमलव १ प्रतिशतमा झरेको छ । सो अवधिमा खाद्य मुद्रास्फीति ऋणात्मक रहेको छ ।

सो अवधिमा २ अर्ब १२ अर्ब ४ करोड रुपैयाँ वैदेशिक सहायता परिचालन भएको छ । यस्तो सहायता परिचालन गत आवको सोही अबधिको तुलनामा ३५ दशमलव ७६ प्रतिशतले बढी हो । सो अबधिसम्म आइपुग्दा तिर्न बाँकी खुद सार्बजनिक ऋण ६ खर्ब २७ अर्ब ७९ करोड रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL