Logo

मेयर भएपछि विद्यासुन्दरको घोषणा : ८४ बर्ष माथिका नागरिकलाई १५ हजार भत्ता

मेयर भएपछि विद्यासुन्दरको घोषणा : ८४ बर्ष माथिका नागरिकलाई १५ हजार भत्ता


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि विद्यासुन्दर शाक्यले आफ्ना केहि योजना बिजखबरसँग साटेका छन् । उनका योजनामध्य एउटा योजना छ महानगरपालिका भित्रका ८४ बर्ष माथिका ज्येष्ठ नागरिकलाई बार्षिक छुट्टै १५ हजार रुपैयाँ महानगरभत्ता उपलब्ध गराउने । आफ्नो पदभार पछि यो लागु हुने उनले जानकारी दिए । त्यसैगरी ८४ बर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रत्येक घरघरमा गएर निःशूल्क स्वास्थ्य परिक्षण गर्ने व्यवस्था पनि लागु गरिने उनले जानकारी दिए । शाक्यले यहिं १६ गतेदेखि मेयरको पदभार ग्रहण गर्ने कार्यक्रम छ ।

laxmi

महानगरभित्र धुलो–धुँवामुक्त ‘नो मास्क सिटी’ बनाउन कार्यदल बनाउने र ‘क्लीन द सिटी’ अभियानको पनि आरम्भ गर्ने घोषणा पनि उनले गरेका छन् ।भ्रष्टाचारमुक्त प्रशासनका लागि ‘इ–गर्भनेन्स’ पद्धतिको थालनी गर्न तत्काल आवश्यक सफ्टवेयर निर्माण गर्ने कामको व्यवस्था पनि गर्ने उनको योजना छ ।

तत्काल वडा–वडामा फ्री वाइफाई ‘जोन’को व्यवस्था गर्नेदेखि महानगरभित्रको अस्तव्यस्त यातायातलाई व्यवस्थित तथा अनुनिकीकरण गर्न मेट्रो रेल, मोनो रेल र सिटी बसको निर्माण र सञ्चालन गरी व्यवस्थित यातायातको व्यवस्था गर्न पनि कार्यदल बनाउने योजना रहेको उनले सुनाए ।

भूकम्प पीडित महानगरवासीको समस्या समाधान गर्न तत्काल कार्य प्रारम्भ गर्ने तथा नेपाली भाषा र नेपाल भाषालाई महानगरपालिकामा कामकाजको भाषाका रुपमा प्रयोगमा  ल्याउने घोषणा उनले गरेका छन् । शाक्यले आफ्ना प्रतिस्पर्धि नेपाली काङ्गे्रसका राजुराज जोशीलाई २१ हजार १ सय ७ सात मत अन्तरले पराजित गर्दै ६४ हजार ९१३ मतका साथ मेयरमा निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
MBL