Logo

निजी क्षेत्रले पनि औद्योगिक क्षेत्र सञ्चालन गर्न पाउने

निजी क्षेत्रले पनि औद्योगिक क्षेत्र सञ्चालन गर्न पाउने


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अब कुनै विशेष उद्योगहरुले आफ्नो छुट्टै विशेष औद्योगिक क्षेत्र स्थापना गर्न सक्ने भएका छन् । उद्योग मन्त्रालयले निजी उद्योगलाई औद्योगिक क्षेत्र स्थापना गर्न चाहेको अवस्थामा सहयोग समेत गर्ने उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । ‘एकै प्रकारका वस्तु उत्पादक व्यवसायीले एउटै स्थानमा व्यवसाय गर्न चाहेको अवस्थामा पूर्वाधार समेत उपलब्ध गराइदिने छौं’ उनले भने । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने उद्देश्यसहित यो सुविधा उपलब्ध गराउन लागेको उद्योग मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्री जोशीका अनुसार विशेष औद्योगिक क्षेत्रमा जाने सार्वजनिक पूर्वाधारमा सरकारले लगानी समेत गर्ने छ । नेपाल सरकारले उद्योगको प्रकृति र लगानी, रोजगारीको स्थिति हेरी लगानी गर्ने उनले जानकारी दिए ।

हाल छाला जुत्ताका व्यवसायी उद्योगले यस सम्बन्धी विशेष औद्योगिक क्षेत्र स्थापना गर्न इच्छा देखाएको समेत उनले बताए । साथै यसका लागि उक्त क्षेत्रमा पुग्ने पहुँच मार्ग निर्माणका लागि अर्थ मन्त्रालयसँग पहल भइरहेको मन्त्री जोशीले जानकारी दिए ।

त्यस्तै नेपाल र चीनबीच क्रसबोडर्र सेजा स्थापनाको समझदारी पत्रमा हालै हस्ताक्षर भएको छ । जसमा नेपाल सरकारले हिमाल, तराई र उपत्यकामा विशेष आर्थिक क्षेत्र निर्माणको सन्दर्भ उठाएको छ ।

यसैवीच उद्योग मन्त्रालयले ७५ ओटै जिल्लाबाट प्रत्येक जिल्लाका एकएक जना पर्ने गरी उत्कृष्ट महिला उद्यमी छान्ने कार्य अन्तिम चरणमा रहेको जानकारी दिएको छ । साथै जेठको अन्तिमसम्ममा एक कार्यक्रम आयोजना गरी पुरस्कार तथा सम्मान गर्ने समेत बताएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL