Logo

अर्को सरकारी उद्योग खुल्दै, भदौदेखि मेटल कम्पनी सञ्चालनमा

अर्को सरकारी उद्योग खुल्दै, भदौदेखि मेटल कम्पनी सञ्चालनमा


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । औषधी लिमिटेड पून सञ्चालनमा ल्याएको केही समयमै सरकारले अर्को बन्द सरकारी उद्योग सञ्चालनको तयारी थालेको छ । लामो समयसम्म बन्द रहेको नेपाल मेटल कम्पनीलाई पूर्नजीवन दिने तयारी सरकारले थालको हो ।

आगामी भदौ भित्र मेटल कम्पनी सञ्चालन गर्ने उद्देश्यसहित काम अघि बढाइएको उद्योग मन्त्री नवीन्द्रराज जोशीले जानकारी दिए । कम्पनीमा बैदेशिक लगानी आकर्षित गरी सञ्चालन गर्न लागिएको उनले बताए । यसका लागि इच्छुक लगानीकर्ताका लगानी सुनिश्चितताका लागि बाणिज्य मन्त्रालय, अर्थ मन्त्रालय तथा अन्य सरोकारवाला निकायका प्रतिनिधि समेत राखी असारको पहिलो साताभित्र बैदेखिक लगानी भित्र्याउने लक्ष्य राखिएको छ । कम्पनीको पूँजी ९ अर्व ४० करोड ६० लाख पुर्याइएको छ ।

कम्पनी सञ्चालनमा आएपछि ३ सय जनाले प्रत्येक्ष र ६ सयले अप्रत्यक्ष रुपमा रोजगारी पाउने मन्त्री जोशीले बताए । मेटल कम्पनीले जस्ता तथा सिसाजस्ता धातुको उत्खनन् तथा प्रशोधन गरी प्राप्त कन्सन्ट्रेटलाई विदेशस्थित स्मेल्टरमा विक्री गर्ने छ । कम्पनी सञ्चालनमा आएसँगै रसुवा, धादिङ जस्तो दुर्गम पहाडी प्रदेशको पूर्वाधारबाटो, विजुली, स्वास्थ्यासेवाको विकास हुने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL