Logo

गौतमबुद्ध विमानस्थल आयोजनाको मुआब्जा निर्धारण, एउटा रुखको मात्रै १९ हजार (हेर्नुहोस मुआब्जा )

गौतमबुद्ध विमानस्थल आयोजनाको मुआब्जा निर्धारण, एउटा रुखको मात्रै १९ हजार (हेर्नुहोस मुआब्जा )


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । भैरहवामा निर्माण हुने गौतमबुद्ध अन्र्तराष्ट्रिय विमानस्थल आयोजनाका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले मुआब्जा रकम निर्धारण गरेको छ । कार्यालयले शुक्रबार गोरखापत्रमा एक सुचना प्रकाशन गर्दै आयोजनाबाट प्रभावित हुने क्षेत्रका जग्गा, घर र रुखको मुआब्जा रकम तोकेको हो ।

निर्धारित मुआब्जा अनुसार सिद्धार्थनगर नगरपालिकामा पर्ने सडकले नछोएको जग्गाको अधिकम मुल्य प्रतिकठ्ठा बीस लाख रुपैयाँ तोकिएको छ । त्यस्तै हाटी बनगाई गाविस क्षेत्रमा अधिकतम प्रति कठ्ठा १२ लाख रुपैयाँ रहेको छ । सिद्धार्थ नगरपालिका अन्तर्गतनै सडकले छोएको जग्गाको प्रतिधुर चार लाख ५९ हजार रुपैयाँ निर्धारण गरिएको छ । त्यस्तै सो क्षेत्रमा पर्ने घरको प्रति वर्ग फिट अधिकतम तीन हजार रुपैयाँ तोकिएको छ । त्यस्तै सो क्षेत्रमा पर्ने रुखको अधिकतम प्रत बोट १८ हजार ७ सय ५० रुपैयाँ निर्धारण छ ।

मुआब्जा प्राप्तिका लागि सम्बन्धित जग्गाधनीले नागरिकता, सक्कल जग्गाधनी प्रमाणपुर्जा, चालु आवमा तिरो तिरेको रसिद, स्थानीय निकायको सिफारिससहित आगामी ३५ दिनभित्र विमानस्थल आयोजना कार्यालय भैरहवामा बुझाउनुपर्नेछ ।

                                                                                                   हेर्नुहोस मुआब्जा

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL