Logo

चुनावी छायाँमा साढे १४ खर्ब वैदेशिक लगानी, बोर्ड भन्छ, तत्काल अघि बढ्ने प्रोजेक्ट कम छन्

चुनावी छायाँमा साढे १४ खर्ब वैदेशिक लगानी, बोर्ड भन्छ, तत्काल अघि बढ्ने प्रोजेक्ट कम छन्


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । लगानी सम्मेलनमार्फत देशमा साढे १४ खर्ब रुपैयाँको वैदेशिक लगानीको प्रतिवद्धता आएपनि कार्यान्वयन पक्ष भने अघि बढ्न सेकेको छैन ।

फागुन तेस्रो साता भएको सम्मेलन पछिका केही समय विभिन्न कमिटि गठनमै बितेको र त्यसयता स्थानीय निकायको निर्वाचनले गर्दा प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउन नसकिएको हो ।

विदेशी लगानीकर्ताले इच्छा देखाए अनुरुपको नेपाल सरकारसँग आयोजना नभएको र त्यसको छनौटका लागि नै समय लाग्ने लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी बताउँछन् । ‘लगानी सम्मेलनमार्फत आएको प्रतिवद्धतालाई कार्यान्वयनमा ल्याउन हामीले क्षेत्रगत कमिटि बनाएर छलफल अघि बढाएका छौं,’ उनले भने, ‘तर, हामीसँग तत्काल कार्यान्वयमा ल्याउन सक्ने आयोजना नभएकाले लगानी भित्र्याउन सकिएको छैन ।’

सम्मेलनमार्फत दिर्घकालिन र ठूला आयोजनामा प्रतिबद्धता भित्रिएको हुँदा त्यसलाई कार्यान्वयमा ल्याउन पनि लामै समय लाग्ने उनको तर्क छ । त्यतिवेला आएको प्रतिवद्धतालाई कसरी कार्यान्वयमा ल्याउने भन्ने विषयमा क्षेत्रगत कमिटि र विभिन्न मन्त्रालयसँग बसेर छलफल गरिरहेको अधिकारीले जानकारी दिए । ‘लगानी भित्र्याउने सम्बन्धमा हामीले छलफल अघि बढाएका छौं,’ उनले भने, ‘तर, चुनावी माहोलले गर्दा सोचे अनुरुप काम अघि बढेको छैन ।’

बोर्डले त्यतिवेला प्रतिवद्धता आएको मध्ये फुड प्रोसेसिङ, मेट्रो रेल, दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि भने काम अघि बढाउने सम्बद्ध लगानीकर्तालाई पत्राचार गरेकोे उनले जानकारी दिए । ‘हामीले त्यतिवेला प्रतिवद्धता जाहेर गर्ने केही लगानीकर्तालाई लगानीका लागि पत्राचार गरेका छौं,’ उनले भने, ‘तर, उनीहरुबाट अहिलेसम्म त्यसको जवाफ आएको छैन ।’

साथै बोर्डसँग भएको आयोजनमा लगानी भित्र्याउनका लागि समेत दाताहरुसँग छलफल भइरहेको उनले जानकारी दिए । उनका अनुसार सम्मेलनमार्फत दिर्घकालिन र ठूला आयोजनाका लागि लगानी प्रतिवद्धता आएको हूँदा त्यसलाई कार्यान्वयनमा ल्याउन समेत समय लाग्ने छ । ‘उनीले प्रतिवद्धता जाहेर गरेरका कतिपय आयोजन छनौट गर्न नै लामो समय लाग्ने देखिएको छ,’ उनले भने, ‘तसर्थ त्यसलाई कार्यान्वयमा ल्याउन सोही अनुरुप समय लाग्ने छ ।’

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL