Logo

विश्वभर अहिलेसम्मकै ठूलो साइबर आक्रमण, निसानामा ठूला कम्पनीका वेबसाईट

विश्वभर अहिलेसम्मकै ठूलो साइबर आक्रमण, निसानामा ठूला कम्पनीका वेबसाईट


बिजखबर संवाददाता
0
Shares

विश्वका एक दर्जनभन्दा बढी देशमा एकै पटक साइबर आक्रमण भएको छ । ‘वान्नाक्यारी र्यान्समवेयर’ नाम दिइएको यो आक्रमणबाट विश्वका प्रसिद्ध कम्पनीका वेबसाइट सञ्चालनमा ल्याउन समस्या भएको जनाइएको छ । यो आक्रमणबाट फेडएक्स, टेलिफोनिका, बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाजस्ता संस्थाका वेबसाइट प्रयोगमा आउन सकेका छैनन् । यो आक्रमणले बेलायतको स्वास्थ्य सेवाका काम बन्द भएका छन् भने एक्स रे, बिरामीको तथ्याङ्क तथा टेस्टको नतिजा र फोनले पनि काम गरेको छैन ।

आक्रमणका कारण प्रभावित कम्प्युटर बन्द हुने र खुल्ने जस्ता समस्या बारम्बार देखिएको बताइएको छ । त्यस्तै वेबसाईट खोल्नका लागि पैसा चाहिने अवस्था सिर्जना भएको छ । र्यान्समवेयर आक्रमणले प्रयोगकर्ताको डाटा चोरी गर्ने र त्यसका लागि पैसा माग गर्ने गर्छ । यो आक्रमणमा र्यान्समका सन्देश पठाउन २८ ओटा भाषाको प्रयोग गरिएको छ । यसको आक्रमणबाट अमेरिकासहित युरोप, रसिया र चीनजस्ता देश प्रभावित भएका छन् ।

यो साइबर आक्रमणलाई अहिलेसम्मकै सबैभन्दा ठूलो आक्रमण पनि भनिएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL