Logo

भाडामा एयरबस लिन निगमको ‘टेण्डर’, बीस दिनभित्र आवेदन दिनुपर्ने

भाडामा एयरबस लिन निगमको ‘टेण्डर’, बीस दिनभित्र आवेदन दिनुपर्ने


रक्षा रेग्मी
0
Shares

काठमाडौं । नेपाल वायु सेवा निगमले भाडामा एयरबस लिन प्रक्रिया अघि बढाएको छ । निगमले बिहिबार टेण्डर(बोलपत्र)को सुचना जारी गर्दै भाडामा एयरबस लिने जनाएको हो । बिहिबारदेखि गणना हुने गरी एयरबस भाडामा दिन इच्छुक लिजिङ कम्पनी, उत्पादक, एयरलाइन्स सञ्चालक, बैङ्क लगायतसँग आवेदन माग गर्दै निगमले बीस दिनको समयसिमा उपलब्ध गराएको छ ।

निगमका प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार एयरबस ३१९, ३२० अथवा ३२१ मध्य कुनै एउटा जहाज भाडामा लिने तयारी गरिएको हो । आगामी जुलाई १६ देखि बढीमा ६० दिनसम्म प्रयोग गर्न सकिने गरी जहाज भाडामा लिइने उनले जानकारी दिए । । ‘निगम आफैले खरिद गर्ने एयरबस नआउन्जुले विकल्पका लागि भाडामा लिन लागिएको हो’ उनले भने । यसरी भाडामा लिइने जहाजलाई निगमले काठमाडौंलाई आधार मानेर क्वालालाम्पुर, दोहा, नयाँ दिल्ली, बेङ्गलोर अथवा आवश्यकता अनुसार अन्य स्थानमा ‘सेड्युल फ्लाइट’ गर्ने निगमको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
MBL