Logo

प्रधानन्यायाधीश सुशीला कार्की माथीको निलम्बन फुकुवा, के छ फैसलामा ?

प्रधानन्यायाधीश सुशीला कार्की माथीको निलम्बन फुकुवा, के छ फैसलामा ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रधानन्यायाधीश सुशीला कार्कीलाई पूर्ववत् अवस्थामा काममा फर्काउन सरकारको नाममा अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले प्रधानन्यायाधीश कार्कीलाई पूर्ववत अवस्थामा काममा फर्काउन शुक्रबार सरकार र संसदका नाममा अन्तरिम आदेश दिएको हो । सर्वोच्चको उक्त आदेशसँगै कार्कीमाथी लागेको लिम्बनन फुकुवा भएको छ ।

प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग प्रस्ताव रोक्न माग गर्दै अधिवक्ता सुनिल सञ्जन सिंहले दायर गरेको रिटमाथि शुक्रबार सुनुवाइ गर्दै न्यायाधीश राणाले यस्तो आदेश दिएका हुन् । साथै आजैका मितिदेखि प्रधानन्यायाधीश कार्कीलाई सर्वोच्च अदालतको काममा फर्काउन अन्तरिम आदेश समेत दिएको हो ।

यस अघि सरकारको कार्यकारी अधिकार माथि हस्तक्षेप गरेको भन्दै विभिन्न सात वटा आरोप लगाउँदै कांग्रेस र माओवादी केन्द्रका सांसदहरुको हस्ताक्षरसहित प्रधानन्यायाधीश काकीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएका थिए ।

महाअभियोग प्रस्ताव शक्ति पृथकीकरणको सिद्धान्त विपरीत भएको भन्दै सर्वोच्चले महाअभियोग प्रस्ताव अघि नबढाउन तथा प्रधानन्यायधिश कार्कीलाई काममा फर्काउन अन्तरिम आदेश जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL