Logo

अब सरकारी कर्मचारीको लागि निशुल्क कोरोना बीमा सुविधा, सर्वसाधारणलाई ५० प्रतिशत अनुदान

अब सरकारी कर्मचारीको लागि निशुल्क कोरोना बीमा सुविधा, सर्वसाधारणलाई ५० प्रतिशत अनुदान



काठमाडौं । बीमा समितिले सरकारी कर्मचारीहरुलाई निःशुल्क कोरोना बीमा कार्यक्रमको औपचारिक सुरुवात गरेको छ । समितिले बुधबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारी कर्मचारीलाई सहुलियत कोरोना बीमाको औपचारिक रुपमा सुरुवात गरेको हो ।

अर्थमन्त्रालयले मंगलबार उक्त सम्बन्धी कार्यविधि स्वीकृत गरेपछि समितिले आजैदेखि सरकारी कर्मचारीलाई निःशुल्क कोरोना बीमा र सर्वसाधारणको लागि ५० प्रतिशत अनुदानमा कोरोना बीमा गर्ने व्यवस्थाको औपचारिक शुरुवात गरेको हो ।

विश्वव्यापी महामारी रुपमा फैलिरहेको कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने जोखिमलाई आर्थिक सुरक्षण प्रदान गर्न बीमा समितिबाट इजाजतप्राप्त नेपालका २० वटा बीमा कम्पनीहरु मार्फत विक्री भइरहेको छ ।

कोरोना बीमालेख अन्तर्गत एक लाख रुपैयाँ र ५० हजार रुपैयाँ गरी दुई प्रकारको बीमाङक कायम गरिएको छ । एक लाख बीमाङक कायम भएको बीमालेखका लागि प्रति व्यक्ति एक हजार रुपैयाँ र ५० हजार रुपैयाँ बीमाङकका लागि प्रतिव्यक्ति पाँच सय रुपैयाँ बीमा शुल्क कायम गरिएको छ ।

यदि संगोलमा बसेका परिवारका सम्पुर्ण सदस्यहरुको सामुहकि बीमा गरिएको खण्डमा एक लाख रुपैयाँ बीमाङका लागि प्रति व्यक्ति ६ सय रुपैयाँ र ५० हजार बीमाङकका लागि ३ सय रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL