Logo

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको लाख नजिक

सुनको मूल्य अहिलेसम्मकै उच्च, तोलाको लाख नजिक



काठमाडौं । केही समययता निरन्तर बढिरहेको सुनको मूल्य मंगलबार पनि बढेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य मंगलबार भने तोलामा २ सयले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार सुन प्रतितोला ९९ हजार ८ सयमा कारोबार भइरहेको महासंघले जनाएको छ । यो नेपालमा सुनको यो मूल्य अहिलेसम्म कै उच्च हो ।

यस अघि आइतबार र सोमबार सुन प्रतितोला ९९ हजार ६ सयमा कारोबार भएको थियो । त्यस्तै मंलगबार तेजावी सुनको मुल्य प्रति तोला ९९ हजार ३७५ मा कारोबार भइरहेको छ ।

त्यसैगरी मंगलबार पनि चाँदीको मुल्य भने स्थिर रहेको छ । महासंघका अनुसार मंगलबार पनि चाँदी प्रतितोला १२ सय ३० मा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL