Logo

सुनको मूल्य बढेर प्रतितोला १ लाख नजिक, कति मूल्यमा हुँदैछ नेपाली बजारमा कारोबार ?

सुनको मूल्य बढेर प्रतितोला १ लाख नजिक, कति मूल्यमा हुँदैछ नेपाली बजारमा कारोबार ?



काठमाडौं । पछिल्लो दिनहरुमा सुनको मूल्य लगातार बढ्दै नयाँ रेकर्ड राखेको छ । सुनको मूल्य बढेर प्रतितोला १ लाखको नजिक पुगेको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ३ सयले बढेको छ भने चाँदी २५ रुपैयाँले घटेको छ ।

बिहीबार ९९ हजारमा कारोबार भएको छापावाला सुन आज ३ सयले बढेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । तेजावी सुन प्रतितोला ९८ हजार ८६५ सयमा कारोबार भइरहेको छ ।

चाँदी भने आज २५ रुपैयाँले घटेर प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL