Logo

सेलपे र रिलायबल लाइफ इन्सुरेन्सबीच सहकार्य, बीमा प्रिमियम अब सेलपेमार्फत

सेलपे र रिलायबल लाइफ इन्सुरेन्सबीच सहकार्य, बीमा प्रिमियम अब सेलपेमार्फत



काठमाडौं । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे र रिलायवल लाईफईन्सुरेन्सबीच सहकार्यसम्बन्धी सम्झौता भएको छ । सेलपेमार्फत रिलायबल लाइफ इन्सुरेन्ससँग बिमा प्रिमियमको डिजीटल भुक्तानीको लागि सहकार्य गर्ने गरी उक्त सहकार्य सम्झौता भएको हो । सहकार्य सम्झौतामा रिलायबल लाइफ इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र सेलकम प्रालिका प्रबन्ध निर्देशक पवन प्रधानले हस्ताक्षर गरेका छन् ।

laxmi

उक्त सहकार्य अन्तर्गत, अब रिलायबल लाइफका ग्राहकहरुले आफ्नो बिमा प्रिमियम तिर्न बैंक वा कार्यालय नै पुग्न पर्ने बाध्यता हटेको छ र सजिलै सेलपे एप वा वेब एप्लीकेसन प्रयोग गरी डिजिटल भुक्तानी गर्न सक्नेछन् । बिमा प्रिमियम तिर्न का लागि सेलपेमा आफ्नो खाता लिंक गरि सजिलै बिना कुनै झन्झट, कुनै पनि समयमा रकम तिर्न सकिने छ ।

यसका लागि ग्राहकलेमा लगईन गरी बीमा अप्सनमा गएर रिलायबल लाइफ छनौट गरि आफ्नो पोलिसि नम्बर र जन्म मिति राखे पस्चात आफ्नो बिमा विवरण जाँच गरि देखाएको प्रिमियमको रकम पे बटन थिच्न सक्नेछन् । यस्तै आफ्नो बिमा प्रिमियम भुक्तानी गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL