Logo

१२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा

१२० दिन लामो लकडाउन अन्त्य भएको घोषणा



काठमाडौं । सरकारले कोरोना महामारी रोकथामका लागि लगाएको १ सय २० दिन लामो लकडाउन अन्त्य भएको बताएको छ ।

laxmi

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता तथा अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले चैत ११ देखि सरकारले लगाएको लकडाउन अन्त्य भएको जानकारी दिएका हुन् ।

उनले मंगलबार रातीदेखि नै लकडाउन हटाउने निर्णए भएको जानकारी दिएका हुन । उनका अनुसार अबदेखि सर्वसाधारणले लकडाउनको झमेला छ भन्दै बस्नुपर्ने छैन ।

प्रतिक्रिया दिनुहोस्
MBL