Logo

भोलिबाट सार्वजनिक यातायात चल्ने, यसकारण तयार भए सवारी चलाउन व्यवसायी

भोलिबाट सार्वजनिक यातायात चल्ने, यसकारण तयार भए सवारी चलाउन व्यवसायी



काठमाडौं । यातायात व्यवसायीहरु सोमबारबाट सार्वजनिक यातायातका साधन सञ्चालन गर्न सहमत भएका छन् ।

सरकारले गत असार २६ गते सवारी सञ्चालन गर्ने निर्णय गरे पनि विभिन्न माग राख्दै आएका यातायात व्यवसायी सोमबारबाट सवारी साधन सञ्चालन गर्न सहमत भएका हुन् ।

आइतबार यातायात व्यवस्था विभागमा भएको छलफलमा सोमबारबाट यातायात सञ्चालन गर्ने व्यवसायीहरु सहमत भएका हुन् । कोरोनाभाइरस संक्रमणको जोखिम नटरेकाले स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अपनाएर सार्वजनिक सवारी साधन सञ्चालन गर्न व्यवासायी सहमत भएका हुन् ।

व्यवसायीहरूले उठाउँदै आएका मागहरू गत शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा समेटिएकाले व्यसायीहरु सार्वजनिक यातायात सञ्चालन गर्न सहमत भएका हुन् । अहिले सार्वजनिक यातायात एउटा जिल्लाभित्र मात्र सञ्चालनमा आउनेछ ।

काठमाडौं उपत्यकाको हकमा काठमाडौं, ललितपुर र भक्तपुरमा सञ्चालन हुनेछन् भने उपत्यका बाहिर एक जिल्लाबाट अर्को जिल्लामा जान पाइँदैन । सरकारले निर्णय गरेसँगै केही दिन अघिबाट साझा यातायात, मयुर यातायात, सुन्दर यातायात र संयुक्त यातायातलगायत माइक्रो र टेम्पुहरू सञ्चालनमा आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL