Logo

सुनको मूल्य फेरि उचाईमा, कायम भयो नयाँ रेकर्ड

सुनको मूल्य फेरि उचाईमा, कायम भयो नयाँ रेकर्ड



काठमाडौं । सुनको मूल्य फेरि उचाईम पुगेको छ । बुधबार ९२ हजार ८ सय रुपैयाँ पुगेर सुनले नयाँ रेकर्ड कायम गरेको छ।

मगंलबार ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्‍य बुधबार एकै पटक ६ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

यो मुल्य हालसम्मकै उच्च हो ।अहिले सुनको मुल्य अन्तराष्ट्रिय बजारमा पनि वृद्धि भएको बताइएको छ । यस्तै तेजावी सुन तोलामा ९२ हजार ३६० रुपैयाँमा कारोबार भएको छ ।

स्तै बुधबार चाँदीको मूल्‍य पनि प्रतितोला १० रुपैयाँले बढेर १००५ रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
MBL