Logo

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य आजपनि स्थिर

सुनको मूल्यमा सामान्य गिरावट, चाँदीको मूल्य आजपनि स्थिर


बिजखबर संवाददाता
108
Shares

काठमाडौँ । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनमा प्रतितोला एक सयले घटेको छ ।

महासंघका अनुसार आज छापवाला सुनको प्रतितोला ९२ हजार १ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार भने सुन तोलामा ९२ हजार २ सयमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुन प्रति तोला ९१ हजार ६६० मा कारोबार भइरहेको छ । त्यस्तै चाँदीमा आइतबार चाँदीको मुल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला ९८० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL