Logo

पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना पुष्टि, ४३१ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा ७० जनामा कोरोना पुष्टि, ४३१ जना कोरोना संक्रमणमुक्त



काठमाडौं । नेपालमा शनिवार थप ७० जनामा कोरोना भाईरस ९कोभिड १९० संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ७१९ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा।डा। जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा ७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ४३१ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ८ हजार ४४२ पुगेको छ । नेपालमा शुक्रवार ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL