Logo

साढे ३३ किलो सुन प्रकरणमा युएईमा पक्राउ परेका खड्कालाई नेपाल ल्याइयो

साढे ३३ किलो सुन प्रकरणमा युएईमा पक्राउ परेका खड्कालाई नेपाल ल्याइयो



काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा युएईमा पक्राउ परेका एक आरोपीलाई नेपाल ल्याइएको छ ।

अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल०को रेड नोटिसका आधारमा युएईमा पक्राउ परेका हरिशरण खड्कालाई आवश्यक कानूनी प्रक्रिया पुरा गरि आइतबार काठमाडौं ल्याइएको हो ।

खड्का त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण उत्रिएपछि गौशाला प्रहरीलाई बुझाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका बरिष्ठ प्रहरी उपरीक्षक रामकृपाल साहले जानकारी दिए ।

उनी २०७५ माघमा यूएईमा समातिएका थिए । खड्कासहित प्रकरणमा संलग्न १२ जनाविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ९इन्टरपोल० मा रेड नोटिस जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL