Logo

काठमाडौं उपत्यकामा थप एक जनाको कोरोनाबाट मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो

काठमाडौं उपत्यकामा थप एक जनाको कोरोनाबाट मृत्यु, कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुग्यो



काठमाडौं । नेपालमा थप एक जनाको कोरोनाभाइरसको संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाडौं गोकर्णका ५४ वर्षका पुरुष रहेका छन् ।

laxmi

काठमाडौंको सिनामंगलमा रहेको केएमसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएका उक्त पुरुषमा कोरोना संक्रमण देखिएको जनाइएको छ ।

यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३६ पुगेको छ । केएमसी अस्पतालमा मृत्यु भएका पुरुषको कोरोनाबाट मृत्यु भएको बारे स्वास्थ्य मन्त्रालयले पुष्टि गर्न बाँकी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL