Logo

सरकारको स्थायित्वका लागि कुनै कसुर बाँकी नराख्ने प्रम ओलीको भनाई, राजनितिमा भन्दा बढी उद्धारमा ध्यान दिन आग्रह

सरकारको स्थायित्वका लागि कुनै कसुर बाँकी नराख्ने प्रम ओलीको भनाई, राजनितिमा भन्दा बढी उद्धारमा ध्यान दिन आग्रह



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीेले सरकारको स्थायित्वका लागि कुनै पनि कसुर बाँकी नराख्ने बताएका छन् । शुक्रबार राती देशबासीका नाममा सम्बोधन गर्दै उनले आफुले सम्पुर्ण ध्यान लगाएर देशबासीको हितसँगै गणतन्त्रको रक्षा र सरकारको स्थयित्व कायम राख्ने बताएका हुन ।

laxmi

उनले सम्बोधन गर्दै पछिल्लो समय राजनितिक सरगर्मी बढेसँगै सबैको ध्यान राजनितिमा तानिएको बताए । तर त्यस्तो राजनितिक सरगर्मिलाई दलहरु आफैले सुल्झाउने उनको भनाई छ ।

उनले यस्तो बेला राजनितिमा बढी ध्यान दिनुभन्दा पनि बाढी, पहिरो पीडितलाई उद्धारमा सबै लागीपर्नुपर्ने बताए । पछिल्लो समय बाढीपहिरोका कारण धेरै धनजनको क्षति भएकाले यस्तो बेला सबैजान उद्धारमा लाग्नुपर्ने बताएका हुन ।

प्रतिक्रिया दिनुहोस्
MBL