Logo

शुक्रबार सुनको मूल्यमा २ सयको गिरावट, प्रतितोला ९२ हजार २ सयमा कारोबार

शुक्रबार सुनको मूल्यमा २ सयको गिरावट, प्रतितोला ९२ हजार २ सयमा कारोबार



काठमाडौं । शुक्रबार सुनको मूल्यमा गिरावट आएको छ । पछिल्लो समय लगातार बढीरहेको सुनको मूल्य शुक्रबार पुनः घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

शुक्रबार सुनको मूल्य प्रतितोला ९२ हजार २ सय रुपैयाँ कायम भएको छ । बिहीबार एकैदिन सुन तोलामा ९ सय रुपैयाँले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको मूल्य हालसम्मकै उच्च रहेको थियो। शुक्रबार चाँदी मूल्य भने स्थिर रहेको छ। चाँदी एक तोलाको ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्
MBL