Logo

काठमाडौंका यी स्थानमा आज दिउँसो बत्ती नआउने, यस्तो छ कारण

काठमाडौंका यी स्थानमा आज दिउँसो बत्ती नआउने, यस्तो छ कारण



काठमाडौं । काठमाडौं केही ठाउँमा आज दिउँसो बिजुली नआउने भएको छ । कुलेश्वर वितरण केन्द्र अन्तर्गत पर्ने स्युचाटार पुलदेखि सितापाइला चोक सम्मको चक्रपथ विस्तार कार्यक्रम अन्तर्गतको विद्युतीय संरचना स्थानान्तरण तथा हटाउने काम भइरहेकाले केही ठाउँमा बिजुली नआउने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका अनुसार आज बिहान ११ बजेदेखि दिउँसो तीन बजेसम्म स्युचाटार–स्वयम्भु फिडर सटडाउनमा राखेर काम गर्नुपर्ने भएकोले त्यस फिडर अन्तर्गत वितरित स्थानहरु सोल्टी दोबाटो , सितापाइला , सिभिल होम्स , अलकत्रा उद्योग, पदमा कोलोनी , रामकोट ,भिमढुँगा , छत्रे देउराली लगायतका स्थानहरुको विद्युत लाइनमा अवरोध हुनेछ ।

काम निर्धारित समय पहिल्यै सम्पन्न भएमा तोकिएको समयभन्दा अगावै लाइन सञ्चालन हुन सक्ने समेत प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL