Logo

बिहीबार नेपालमा १०८ जना कोरोना संक्रमित थपिए, १४९ जना डिस्चार्ज

बिहीबार नेपालमा १०८ जना कोरोना संक्रमित थपिए, १४९ जना डिस्चार्ज



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १०८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजैमात्रै उक्त संख्यामा संक्रमित थपिँदा नेपालमा संक्रमितको संख्या १६ हजार ५ सय ३१ पुगेको छ ।

laxmi

यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ प्रयोगशालामा ४ हजार ५ सय ८० जनाको पीसीआर परिक्षण गरिएको छ । क्वारेन्टाईनमा २४ हजार ४ सय २५ जना रहेको समेत मन्त्रालयले जानकारी दिएको छ ।

यस्तै काठमाडौंमा मात्रै पछिल्लो २४ घण्टामा ५ जनामा कोरोना पुष्टि भएको छ । साथै आजै मात्रै १ सय ४९ जना संक्रमित डिस्चार्ज हुँदा कुल डिस्चार्ज हुनेको संख्या पनि बढेर ७ हजार ८ सय ९१ जना पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL