Logo

पछिल्लो २४ घण्टामा २५५ संक्रमित थपिँदा २५३ जना डिस्चार्ज

पछिल्लो २४ घण्टामा २५५ संक्रमित थपिँदा २५३ जना डिस्चार्ज



काठमाडौं । बुधबार मात्रै नेपालमा २ सय ५५ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा उक्त संख्याका संक्रमित थपिएपछि नेपालमा कुल संक्रमितको संख्या १६ हजार ४ सय २३ पुगेकोे छ । पछिल्लो २४ घण्टामा ४ हजार ६ सय ९६ जनाको पीसीआर परिक्षण गरिएको छ ।

यस्तै हाल क्वारेन्टाईनमा रहनेको संख्या भने २५ हजार ४० रहेको मन्त्रालयले जानकारी दिएको छ । यस्तै हालसम्म ८ हजार ६ सय ३६ जना आईसोलेसनमा रहेका छन् । मन्त्रालयका अनुसार आजै २ सय ५३ जना अस्पतालबाट डिस्चार्ज भई घर फर्केका छन् ।

यसरी नेपालमा हालसम्म कोरोनालाई जितेर घर फर्किनेको संख्या ७ हजार ७ सय ५२ जना पुगेका छन । जुन संख्या कुल संक्रमितको ४७ दशमलव २ प्रतिशत हो ।

प्रतिक्रिया दिनुहोस्
MBL