Logo

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, गम्भीर निर्णय आउने आँकलन

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, गम्भीर निर्णय आउने आँकलन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । प्रधानमन्त्री अ‍ोलीले बालुवाटारमा मध्यान्ह १२ बजे मन्त्रिपरिषद् बैठक डाकेका हुन् ।

laxmi

आजको बैठकमा भारतसँगको सीमा विवाद समस्या समाधान, अमेरिकी मिलिनियम च्लालेञ्ज कर्पोरेशन (एमसीसी), पार्टीभित्र प्रधानमन्त्रीको राजीनामा मागेको विषयमा छलफल हुने स्रोतले जानकारी दियो ।

पछिल्लो समय स्थायी कमिटी बैठकमा अल्पमतमा परेका ओलीले आन्तरिक परामर्श गरिरहेका छन् । बुधबार बसेको स्थायी कमिटी बैठकमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले ओलीले सरकार र पार्टी दुवै पदबाट राजीनामा दिनुपर्ने बताएपछि नेकपाभित्रको विवाद छताछुल्ल भएको हो । एक मन्त्रीले भने प्रधानमन्त्रीले आकस्मिक रुपमामन्त्रीपरिषद बैठक डाकेका्े भन्दै सरकारसम्बन्धमा गम्भीर निर्णय आउन सकने बताए ।

प्रतिक्रिया दिनुहोस्
MBL