Logo

मुटुमा समस्या आउँदा प्रम ओली पुगे गंगालाल अस्पताल, स्वास्थ्य अवस्था सामान्य

मुटुमा समस्या आउँदा प्रम ओली पुगे गंगालाल अस्पताल, स्वास्थ्य अवस्था सामान्य



काठमाडौं । प्रधानमन्त्री केपी ओली मुटुमा सामान्य समस्या देखिएपछि सहिद गंगालाल ह्दयरोग केन्द्र बाँसबारीमा पुगेका छन् । अस्पताल स्रोतका अनुसार उनको स्वास्थ्य जाँचमा अस्पतालका कार्यकारी निर्देशक डा चन्द्रमणी अधिकारी र मुटुरोग विशेषज्ञ डा अरुण मास्केको टोली जुटेको छ ।

laxmi

ओली गंगालाल ह्दयरोग केन्द्रमा झण्डै पौने पाँच वजे पुगेका थिए । अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको चेक जाँचका क्रममा मुटुको इसिजी तथा इको गरिएको र उनको मुटुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री मुटुमा कुनै समस्या देखिएर नभई नियमित मुटु जाँच गर्नका लागि अस्पताल पुगेका हुन् ।

हाल ओली आफ्नो नियमित चेकजाँच गरी आफ्नो निवास फर्किसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL