Logo

चार बजेपछि मन्त्रिपरिषद् बैठक बस्दै, सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान खुलाउने तयारी

चार बजेपछि मन्त्रिपरिषद् बैठक बस्दै, सार्वजनिक यातायात र आन्तरिक हवाइ उडान खुलाउने तयारी



काठमाडौं । मन्त्रिपरिषद् बैठक आज चार बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अपरान्ह चार बजेपछि बैठक बस्ने एक मन्त्रीले जानकारी दिए ।

बैठकले सार्वजनिक यातायात, सीमा नाका र आन्तरिक हवाई उडानबारे नयाँ निर्णय गर्न सकने बताइएको छ । तर, सो सम्बन्धमा उपप्रधान तथा रक्षामन्त्री नेतृत्वको कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट कमिटी (सीसीएमसी) को जारी बैठकले के सिफारिस गर्नेछ भन्नेमा भर पर्ने स्रोतले बताएको छ ।

सिंहदरबारमा जारी सिसिएमसीको बसेको बैठकमा कोभिड–१९ नियन्त्रण, रोकथाम तथा उपचारमा भइरहेका प्रगतिका बारेमा मन्त्रालयगत रुपमा छलफल भइरहेको छ ।

त्यस्तै सीसीएमसीको सोमबारको बैठकले समग्र परिस्थिलाई विश्लेषण गरेर हवाई सेवा र सीमा नाकाका बारेमा केही निर्णय गर्दै मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्ने सम्भावना रहेको ती मन्त्रीले जानकारी दिए । यसअघि जेठ १७ गते बसेको मन्त्रिपरिषद बैठकले असार २१ गतेसम्म सीमा नाका र हवाइसेवा बन्द गर्ने निर्णय गरेको थियो ।

त्यस्तै सार्वजनिक यातायातबारे पनि बैठकमा विभिन्न कोणबाट छलफल हुने बुझिएको छ । सरकारले चैत ११ गतेबाट लागू गरेको लकडाउनमा गत असार १ गतेदेखि केही खुकुलो बनाउँदै निजी सवारी साधन जोरबिजोरका आधारमा चलाउन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL