Logo

निजी क्षेत्रले विरोध गरेको अख्तियार ऐनबाट पछि हट्यो सरकार, राष्ट्रिय सभाको कार्यसूचीबाट हटाइयो

निजी क्षेत्रले विरोध गरेको अख्तियार ऐनबाट पछि हट्यो सरकार, राष्ट्रिय सभाको कार्यसूचीबाट हटाइयो



काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन संशोधन विधेयक राष्ट्रिय सभाको कार्यसूचीबाट हटाइएको छ । अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले उक्त विधेयक राष्ट्रिसभाको बैठकको कार्यसूचीबाट हटाइएको जानकारी दिए ।

विधेयकको चौतर्फी विरोध भइरहेकै बेला सोमबारको राष्ट्रिसभाको कार्यसूचीमा राखिएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल उद्योग परिसंघको वार्षिक साधारणसभालाई सम्बोधन गर्दै सो विधेयक अघि नबढाउने बताएका थिए ।

सत्तारूढ नेकपाको सचिवालय बैठकमा यसअघि विधेयकमाथि निजी क्षेत्रको विरोधका विषयमा छलफल भएको थियो ।

उक्त विधेयकमा गरिएका कतिपय प्रावधान हटाउन प्रधानमन्त्री केपी शर्मा ओली तयार भएको जानकारी नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL